अतिक्रमित जग्गा खाली गराउँदै पोखरा महानगर

Author

सजिलो पत्रिका

२०८३ जेठ ०७, बिहिबार

17
Share
Featured

    • पोखरा महानगरपालिकाले सहरको सौन्दर्यकरण र विकासका लागि फिर्केखोला र पृथ्वीचोक बसपार्कको अतिक्रमित जग्गा खाली गराउने अन्तिम तयारी गरेको छ।
    • फेवातालमा मिसिने फिर्केखोला (वडा नं १८ देखि वडा नं ६ सम्म) को प्राविधिक नापी गरी पोल गाडिएको क्षेत्रभित्रका अवैध संरचनाहरू यही जेठ ९ गतेभित्र हटाउन निर्देशन दिइएको छ।
    • फिर्केखोला अतिक्रमण विरुद्ध परेको मुद्दामा उच्च अदालत पोखराले महानगरकै पक्षमा फैसला गरिदिएपछि महानगरलाई संरचना भत्काउने कानुनी बाटो खुला भएको हो।
    • विसं २०३१/३२ मा २०५ रोपनी क्षेत्रफलमा प्रस्तावित पोखरा बसपार्कको जग्गा भूमाफिया र अव्यवस्थित बसोबासीका कारण खुम्चिएर हाल ६० रोपनीमा सीमित भएको छ।
    • बसपार्क क्षेत्रमा टहरा बनाएर बसेका करिब ५०० परिवारमध्ये वास्तविक सुकुमवासी र भूमिहीनको पहिचान गर्न जेठ ८ गतेभित्र वडा कार्यालयमा निस्सासहितको विवरण बुझाउन महानगरले सूचित गरेको छ।
    • हानगर प्रमुख धनराज आचार्यले वास्तविक सुकुमवासीको उचित व्यवस्थापन गरिने र सर्वदलीय सहमति भइसकेकाले अतिक्रमित भूमि फिर्ता ल्याएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
    समाचार सारांशGenerated using AI.

    गण्डकी प्रदेश, ७ जेठ I

    पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित पोखरा बसपार्क र पोखराको मध्यभागबाट बग्ने फिर्केखोलाको अतिक्रमित जग्गा खाली गराइने भएको छ ।

    महानगरपालिकाले बुधबार सार्वजनिक सूचना जारी गर्दै पोखरा–१८ अँधेरीकुनादेखि २, ४, ५, ७, ८, १७ हुँदै वडा नं ६ गाईघाट पुगेर फेवातालमा मिसिने पिर्केखोलाको खोलाघरभित्र पर्ने स्थायी तथा अस्थायी संरचना व्यक्ति/संस्था स्वयंले हटाउन निर्देशन दिएको हो ।

    महानगरको प्राविधिक टोलीले नाप गरी पोल गाडिएको क्षेत्रभित्रका सबै संरचना हटाइने भएकाले तोकिएको अवधिभित्र संरचना हटाउन सूचित गर्दै नहटाएमा महानगर आफैँले हटाउने र त्यसवापत लाग्ने लागतसमेत सम्बन्धित व्यक्ति तथा संस्थाबाट असुलउपर गरिने जनाइएको छ । यसअघि गत वैशाख ४ गते पनि सार्वजनिक सूचनामार्फत फिर्केखोला खोलाघरभित्रका संरचना हटाउन ३५ दिनको समय दिएको थियो । यस्तै, महानगरले विसं २०८० कात्तिक १० गते पनि उक्त खोलको खोलाघर क्षेत्रभित्र पर्ने संरचनाहरू हटाउन सार्वजनिक सूचना जारी गरेको थियो ।

    उक्त सूचनाविरुद्ध उच्च अदालत पोखरामा मुद्दा दायर भएकामा अदालतबाट उत्प्रेषण र परमादेशको आदेश जारी गर्नु नपर्ने भनी फैसला भइसकेको छ । अदालतको आदेश र महानगरले गत वैशाख ४ गते जारी गरेको अघिल्लो सूचना समेतलाई आधार मान्दै यही जेठ ९ गतेभित्र फिर्केखोला क्षेत्रमा जग्गा अतिक्रमण गरी बनाइएका सबै संरचना हटाउन समयसीमा दिइएको हो । महानगरले प्रस्तावित आधुनिक पोखरा बसपार्कको अतिक्रमित जग्गा पनि खाली गराई बसपार्क निर्माणलाई अगाडि बढाउने भएको छ ।

    यही जेठ ८ गतेभित्र बसपार्कको जग्गामा बसोबास गर्ने सुकुमवासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीले विवरण सङ्कलन गरिने भएको हो । बुधबार जारी सूचनामा यसअघि निस्सा पाएका भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासीलाई जेठ ८ गतेसम्म वडा नं ९ को कार्यालयमा आफ्नो र परिवारको विवरण बुझाउन पनि आग्रह गरिएको छ । नगरपालिकाबाट वितरण भएको निस्साको प्रतिलिपि, घरमूली र परिवारका सदस्यको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, घरमूली र परिवारका अन्य सदस्यको नाता प्रमाणित वा घरमूली आफैँले नाता खुलाएको स्वःघोषणापत्र बुझाउनुपर्ने जनाइएको छ ।

    आधुनिक सुविधासम्पन्न बसपार्क बनाउन पोखरा–९ पृथ्वीचोकमा विसं २०३१/३२ तिर दुई सय पाँच रोपनी जग्गा अधिग्रहण गरिएको थियो । बसपार्कका लागि अधिग्रहण गरिएको जग्गा अतिक्रमणा पर्दै हाल करिब ६० रोपनी जग्गा मात्र बाँकी छ । पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको बसपार्कको अतिक्रमित जग्गा खाली गराएर बसपार्क बनाइने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताउनुभयो । “भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासीका नाममा करिब पाँच सय परिवार बसपार्कको जग्गामा घरटहरा बनाएर बसेका छन् ।

    अब वास्तविक अवस्था छानबिन गर्दैछौँ, त्यसपछि सुकुमवासीलाई उचित व्यवस्थापन गर्छौं”, उहाँले भन्नुभयो, “बसपार्क बन्नुपर्छ भन्नेमा सर्वपक्षीय र सर्वदलीय सहमति छ । बसपार्कको गुरुयोजना पनि बनिसकेको छ, अतिक्रमित जग्गा खाली गराएर बसपार्क बनाउँछौँ ।”

    यो समाचारमा

    पोखरा महानगरपालिकागण्डकी प्रदेश

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

      कुल मतदान: 0

      सम्बन्धित समाचार

      sajilo patrika

      केही क्षेत्रमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

      काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आगामी दुई दिन केही प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै जल तथा मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि र पूर्वमा नेपालको तराई

      Data is loading...

      Loading brands...

      Loading footer...