पूर्वमन्त्री गुप्तालाई ५० लाख धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश

Author

सजिलो पत्रिका

२०८३ जेठ ०६, बुधबार

18
Share
Featured

काठमाडौँ

सर्वोच्च अदालतले पोखराको लिचिबारी भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री राज कुमार गुप्तासँग ५० लाख रुपैयाँ धरौटी माग गर्ने आदेश गरेको छ। न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले नगद धरौटी, बैंक ग्यारेन्टी वा जेथा जमानतमध्ये कुनै एक बुझाएर मुद्दाको पुर्पक्ष गर्न सकिने व्यवस्था गरेको हो।

पूर्व सामान्य प्रशासन मन्त्री गुप्तालाई यसअघि विशेष अदालतले थुनामा राख्ने आदेश दिएको थियो र उनी डिल्लीबजार कारागारमा थुनामा रहेका थिए। सर्वोच्चको पछिल्लो आदेशपछि अब धरौटी बुझाएर उनी मुद्दाको पुर्पक्षमा बस्न सक्ने बाटो खुलेको छ।

यो समाचारमा

सर्वोच्च अदालतकाठमाडौँपोखराराज कुमार गुप्ता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वर्षाले विभिन्न राजमार्ग प्रभावित, यि सडकमा राति सवारी सञ्चालन गर्न नपाइने

    काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोले राजमार्ग प्रभावित भएका छन् । केही सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केहीमा राति सवारी सञ्चालनमा रोक लगाइएको छ ।नेपाल प्रहरीका अनुसार सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गरी काभ्रेपलान्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक खण्डमा हरेक दिन बेलुका

    Data is loading...

    Loading brands...

    Loading footer...