दैलेखको ग्यास उत्खनन परियोजना सुस्त, तत्काल अघि बढाउन स्थानीय तहको माग

Author

सजिलो पत्रिका

२०८३ जेठ ०६, बुधबार

18
Share
Featured

काठमाडौँ

दैलेखको भैरवी गाउँपालिका–१ स्थित जलजले क्षेत्रमा ठूलो परिमाणमा प्राकृतिक ग्यास रहेको पुष्टि भए पनि उत्खननको दोस्रो चरण अघि बढ्न नसक्दा परियोजना अन्योलमा परेको छ। प्रारम्भिक अध्ययनले लामो समयसम्म नेपाललाई पुग्ने ग्यास भण्डार रहेको देखाए पनि ठोस कार्यतालिका नहुँदा काम सुस्त भएको छ।

स्थानीय तह, जिल्ला प्रशासन र सुरक्षा निकायका प्रमुखहरूको संयुक्त बैठकले सरकारसँग उत्खनन कार्यलाई छिटो अघि बढाउन माग गर्ने निर्णय गरेको छ। परियोजनालाई राष्ट्रिय प्राथमिकतामा राखेर कार्यान्वयन गर्नुपर्ने स्थानीय जनप्रतिनिधिहरूको जोड छ।

चिनियाँ सरकारको सहयोगमा भएको अध्ययन अनुसार जलजले क्षेत्रमा करिब ८० अर्ब घनमिटरभन्दा बढी प्राकृतिक ग्यास रहेको अनुमान गरिएको छ, जसले नेपाललाई ५०–६० वर्षसम्म ऊर्जा आपूर्ति गर्न सक्ने बताइएको छ। तर व्यावसायिक उत्पादन र अन्तिम परीक्षणका लागि आवश्यक प्रक्रिया अझै अघि नबढ्दा परियोजनाको भविष्य अनिश्चित बनेको छ।

यो समाचारमा

दैलेखकाठमाडौँनेपालभैरवी गाउँपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    पहिरो र लेदो हटाएपछि बीपी राजमार्ग पुनः सञ्चालनमा

    काठमाडौं । काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीस्थित विरुवाडाँडा र आसपासका क्षेत्रमा खसेको पहिरो तथा लेदो हटाएपछि अवरुद्ध बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ। शुक्रबार रातिको वर्षाका कारण सडकमा लेदो र सुख्खा पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो।जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सडकमा थुप्रिएको अवरोध हटाएपछि केहीबेरअघि मात्रै यातायात सुचारु

    Data is loading...

    Loading brands...

    Loading footer...