खोक्सिकवासीलाई निःशुल्क विद्युत्

Author

सजिलो पत्रिका

२०८३ जेठ ०६, बुधबार

24
Share
Featured
  • भोजपुरको रामप्रसादराई गाउँपालिका–८ खोक्सिक वडा कार्यालयले आर्थिक अभावले गर्दा बत्ती बाल्न नसकेका अति विपन्न दलित परिवारका लागि निःशुल्क विद्युत् जडान अभियान सुरु गरेको छ।

  • वडाले चालु आर्थिक वर्षमा रु २ लाख बजेट विनियोजन गरेर पहिलो चरणमा ८ वटा विपन्न दलित परिवारको घरमा निःशुल्क मिटर र वायरिङसहित विद्युत् जडान गरिदिएको छ।

  • वर्षौँदेखि टुकी वा अँध्यारोमा रात कटाउन बाध्य स्थानीय परिवारका घरमा बत्ती बलेपछि बालबालिकाको पठनपाठन र दैनिक घरायसी कामकाजमा ठुलो सहजता आएको छ।

  • खोक्सिक वडामा हालसम्म ९८ प्रतिशत विद्युतीकरणको काम सम्पन्न भइसकेको छ।

  • वडाध्यक्ष बाचकुमार राईका अनुसार अब बाँकी रहेका २ प्रतिशत घरधुरीमा पनि तीव्र रूपमा विद्युत् विस्तार गरी छिट्टै सम्पूर्ण वडालाई 'उज्यालो वडा' घोषणा गर्ने तयारी भइरहेको छ।

समाचार सारांशGenerated using AI.

भोजपुर, ६ जेठ I

जिल्लाको रामप्रसादराई गाउँपालिका–८ खोक्सिकमा दलित समुदायका विपन्न परिवारलाई लक्षित गर्दै वडाले निःशुल्क विद्युत् जडान कार्यक्रम सञ्चालन गरेको छ ।

वर्षौँदेखि अँध्यारोमा जीवन बिताउन बाध्य रहेका परिवारलाई उज्यालोको पहुँचमा ल्याउँदै जीवनस्तर उकास्ने उद्देश्यले कार्यक्रम अघि बढाइएको हो । वडाले हालसम्म आठ दलित विपन्न परिवारका घरमा निःशुल्क विद्युत् जडान गरिसकेको वडाध्यक्ष बाचकुमार राईले जानकारी दिनुभयो । आर्थिक अभावका कारण विद्युत् सेवाबाट वञ्चित परिवारको पहिचान गरी प्राथमिकताका आधारमा सहयोग गरिएको उहाँको भनाइ छ ।

“वडाका विपन्न परिवारको घरमा निःशुल्क विद्युत् जडान गरिदिएका छौँ”, वडाध्यक्ष राईले भन्नुभयो, “आर्थिक अभावकै कारण अँध्यारोमा बस्नुपरेका परिवारलाई उज्यालो दिने हाम्रो सानो प्रयास हो ।” विद्युत् सेवा पुगेपछि स्थानीय बासिन्दाको दैनिक जीवन सहज हुनुका साथै बालबालिकाको अध्ययन, घरेलु कामकाज तथा सुरक्षामा समेत सकारात्मक प्रभाव परेको उहाँको भनाइ छ । वडाले रु दुई लाख बजेट विनियोजन गरेर आवश्यक सहयोग गरेको वडाध्यक्ष राईले बताउनुभयो । वडाले आगामी दिनमासमेत विपन्न तथा लक्षित वर्गका लागि यस्ता जनहितका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

स्थानीयवासीले पनि वडाको यो पहलप्रति खुसी व्यक्त गरेका छन् । विद्युत् सेवा उपलब्ध भएसँगै साँझपखको अँध्यारो हट्नुका साथै आधुनिक प्रविधिको प्रयोगमा सहजता आएको स्थानीयवासी सुदर्शन गहतराजले बताउनुभयो । वडाको सहयोगमा घरमा विद्युत् जडान भएपछि दैनिक कामकाजमा सहयोग पुगेको उहाँको भनाइ छ । “आर्थिक अभावमा घरमा विद्युत् जडान गर्न सकेको थिइन”, उहाँले भन्नुभयो, “जसका कारण अँध्यारोमा रात कटाउनुपर्ने अवस्था थियो । वडाको सहयोग विद्युत् बाल्न पाउँदा खुसी लागेको छ ।”

घरमा विद्युत् जडान भएपछि बालबालिकाको पठनपाठनसँगै उज्यालोमा बस्न पाएको अर्का स्थानीय मानबहादुर विश्वकर्माले बताउनुभयो । वडाले गरेको यस कामले विपन्न परिवारको बस्तीमा विद्युत् बलेको उहाँको भनाइ छ । वडामा विद्युत् विस्तारको काम करिब ९८ प्रतिशत सम्पन्न भएको वडा कार्यालयले जनाएको छ । बाँकी रहेका नागरिकको घरमा पनि जडान गरेर उज्यालो वडा घोषणा गर्ने तयारी रहेको वडाको भनाइ छ ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    केही क्षेत्रमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

    काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आगामी दुई दिन केही प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै जल तथा मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि र पूर्वमा नेपालको तराई

    Data is loading...

    Loading brands...

    Loading footer...