मंगलबार यी राशिहरुलाई मिल्न सक्छ लाभ, हेर्नुहाेस् राशिफल

Author

सजिलो पत्रिका

२०८३ जेठ ०५, मङ्गलबार

22
Share
Featured
  • आजको पञ्चाङ्ग अनुसार वि.सं.२०८३ साल जेठ ५ गते मंगलबार, इस्वी सन् २०२६ मे १९ तारिख हो ।
  • शुभ कार्य तथा यात्राको लागि लाभ र अमृत बेलाको समय उपयुक्त हुनेछ ।
  • विभिन्न राशीहरूका लागि आजको दिनको राशिफल अनुसार माया प्रेम, व्यापार, व्यवसाय, अध्ययन र स्वास्थ्यमा फरक फरक प्रभाव रहनेछ ।
समाचार सारांशGenerated using AI.
  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) माया प्रेममा सामिप्यता बढेर जाने तथा मिल्ने साथीको सहयोगले कामहरू बन्नेछन् । पढाइ लेखाइमा सुधार गर्दै सफलताको नजिक पुग्न सकिनेछ । दाजुभाइ,बन्धुबान्धब तथा को छिमेकी माझ राम्रो काम गरी प्रसिद्धि कमाउन सकिनेछ । पराक्रमी क्रियाकलापमा सहभागी भई भरपुर मनोरञ्जन गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी आफ्ना भनाई जनमानसमा लैजान सकिनेछ । व्यापार, औद्योगिक क्षेत्र तथा शेयर बजारमा लगानी गरी नाफा कमाउन सकिनेछ ।
  • वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) शेयर बजार तथा व्यवसायमा लगानी गर्दा प्रशस्त धन तथा भौतिक बस्तुहरू जोड्न सकिनेछ । काउन्सेलिङ, मोटिभेसन, सञ्चार पेशा व्यवसायमा समय खर्चिनेहरूका लागी समयले साथ दिनेछ । सामाजिक तथा पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । मन पर्ने भोजन, उत्तम वस्त्र तथा बिलासी वस्तुको प्रयोग गर्न पाइने हुनाले मन प्रसन्न रहनेछ । लामो समयदेखि भेटघाट नभएका मित्रहरू भेटिने योग रहेको छ ।
  • मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) अध्ययनमा सुधार भएर जानेछ भने अरूलाई पछाडि छोडेर अग्र पंतिमा आउन सकिनेछ । मेहनत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलीले लक्ष्य तथा गन्तव्य पहिल्याउन सहज हुनेछ । व्यवसाय फस्टाएर जानेछ भने लगानीको नयाँ वातावरण बन्नेछ । परिवारका साथ रमाइलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । बैक तथा वित्तीय क्षेत्रको शेयरबाट आम्दानी गर्न सकिनेछ ।
  • कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) काम गर्दा कानुनको पालना राम्रोसँग गर्नुहोला राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ । माया प्रेमको दुरी बढ्ने हुनाले मनमा नरमाइलो महसुस हुनेछ । यात्राको क्रममा रुपैयाँ पैसाको सही परिचालन गर्न नसक्दा खर्च बढ्नेछ । तर पनि वैदेशिक यात्राको तय हुनेछ भने विदेशी सामान तथा रुपैयाँ पैसा हातलागी हुने योग रहेको छ । विदेशमा बसेर अध्ययन तथा काम गर्नेहरूका लागी समय राम्रो रहेको छ । शेयर बजार तथा अनलाइन व्यापारबाट नाफा कमाउन सकिनेछ ।
  • सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) भौतिक सम्पत्तिहरू जुट्नेछन् भने उपहार प्राप्त हुने योग रहेको छ । नयाँ कामहरू गरेर आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । सरकारी तथा पैतृक सम्पत्ति हात लागी हुने प्रशस्त सम्भावना रहेको छ । दाजुभाइ वा अग्रजहरूको सुझाव तथा सल्लाह मानेर अगाडी बढ्दा सफलता पाउन सकिनेछ । विद्यामा राम्रो प्रगति हुने हुँदा पढाइ लेखाइमा मन जानेछ । बौद्धिकता प्रयोग गरी समाजमा राम्रा काम गरेर देखाउन सकिनेछ ।
  • कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) राज्य भावमा गोचर गर्ने शुभ चन्द्रमाले राज्यको मेकानिजम भित्र बसेर गरिने कामबाट मनग्गे फाइदा हुनेछ । कीर्तिमानी काम गरी नाम तथा इज्जत प्रतिष्ठा कमाउन सकिनेछ । नयाँ काम पाउने तथा बढुवा हुने योग रहेको छ । शेयर बजार तथा व्यापारबाट मनग्गे लाभ हुनेछ भने कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । राशि स्वामीको शुभ प्रभावले पढाइ लेखाइमा मन जानेछ भने प्रेमको डोरो कसिलो भएर जानेछ ।
  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)  प्रशासनिक क्षेत्रमा तपाईंको वर्चस्व रहनेछ भने सामाजिक उत्तरदायित्व बहन गर्ने समय रहेको छ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गरी टीका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा राम्रो प्रगति हुने योग रहेको छ । लामो दुरीको शैक्षिक तथा धार्मिक यात्राको प्रबल सम्भावना रहेको छ । भाग्यले साथ दिने हुँदा थोरै लगानीबाट पनि प्रशस्त रुपैयाँ पैसा कमाउन सकिने तथा आर्थिक रूपमा सबल हुने ग्रहयोग रहेको छ ।
  • वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । लामो समय देखिको प्रेममा अविश्वास बढ्न सक्छ ।  पढाइ लेखाइमा समय दिन नकस्दा अरूभन्दा पछि परिनेछ । आफन्त तथा दिदी बहिनीसँग विवाद सिर्जना हुनेछ । व्यापार व्यवसायमा आम्दानी बढाउन निकै नै समय खर्चनु पर्नेछ । खानपान तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ।
  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापार तथा शेयर बजारमा उच्च प्रतिफल हात पार्न सकिनेछ भने व्यापारकै सिलसिलामा रमाइलो यात्रा गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने जीवन साथीको सहयोग पाइनाले राम्रा काम गर्न सकिनेछ । अध्ययनमा नतिजा आफैतिर ल्याउन सकिनेछ । अतिथिको रूपमा सम्मान पाइनुको साथै रमाइलो घुमघामको समेत अवसर आउनेछ ।
  • मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) ऋण, रोग तथा शत्रुलाई किनारा लगाउँदै अगाडी बढ्न सकिनेछ । साथीभाइ तथा इष्टमित्रबाट सहयोग पाइने हुनाले व्यवसायमा लगानी बढाई आम्दानी गर्न सकिनेछ । न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् । पढाइ लेखाइमा मन जाने तथा थोरै समय दिँदा पनि नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । मामा तथा मावली पक्षबाट सहयोग प्राप्त हुनेछ ।  
  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) शुभचिन्तक तथा आफन्तको साथ सहयोगले उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । बौद्धिकताको प्रयोग मार्फत चेतनाको स्तर उकास्न सकिनेछ । माया प्रेमको गाँठो सकिनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । मन परेको मानिसबाट उपहार तथा भौतिक सम्पत्ति प्राप्त हुनेछ । राज्यको नजिक भएर काम गर्नेहरूले पद पाउने योग रहेको छ ।  
  • मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आफन्तहरू टाढिनेछन् भने आमासँग टाढिएर लामो दुरीको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । सवारी साधन चलाउँदा तथा जग्गा सम्बन्धी काम गर्दा ध्यान दिनुहोला । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ । अध्ययनमा मन नजाँदा अरूभन्दा पछि परिनेछ । अन्य व्यवसाय मध्यम रहे पनि कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ ।

तपाईँको दिन शुभ रहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    आज शनिबार, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् राशिफल

    काठमाडौँ।मेषः प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षा गरिएको काम बन्न सक्छ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। कीर्तिमानी काम गर्ने समय छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ सामाजिक दायित्व समेत बढ्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। साँझतिर मनग्य धनलाभ हुने ग्रहयोग देखिन्छ।वृषः सहयोगीहरूले

    Data is loading...

    Loading brands...

    Loading footer...