पेस्तोल ताक्ने लुटेरालाई लखेट्ने साहसी सञ्जितालाई आईजीपी दानबहादुर कार्कीको सम्मान

Author

सजिलो पत्रिका

२०८३ वैशाख २४, बिहिबार

15
Share
Featured

काठमाडौँ: इन्द्रचोक मा पेस्तोल देखाएर लुटपाट गर्न खोज्ने लुटेरा समूहलाई निडर भई प्रतिकार गर्ने सञ्जिता शाक्य लाई प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की ले सम्मान गर्नुभएको छ।

गत वैशाख १७ गते इन्द्रचोकस्थित 'नैना एण्ड इशान ज्वेलर्स'मा छिरेका दुई सशस्त्र लुटेरालाई सञ्जिताले आफ्नो ज्यानको पर्वाह नगरी प्रतिकार गरेर भगाउनुभएको थियो। शाक्यले देखाएको अद्भुत हिम्मत र आत्मविश्वासको कदर गर्दै प्रहरी प्रधान कार्यालयमा आयोजित एक विशेष कार्यक्रमका बीच आईजीपी कार्कीले उहाँलाई कदर पत्र प्रदान गर्नुभयो। नागरिक दायित्व र बहादुरीको यो उदाहरणले अहिले सामाजिक सञ्जालमा निकै प्रशंसा पाइरहेको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    केही क्षेत्रमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

    काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आगामी दुई दिन केही प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै जल तथा मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि र पूर्वमा नेपालको तराई

    Data is loading...

    Loading brands...

    Loading footer...