हिमपातमा फसेका दुई भारतीय पर्यटकको सकुशल उद्धार

Author

सजिलो पत्रिका

२०८३ वैशाख २४, बिहिबार

23
Share
Featured

मुस्ताङ– हिमपात मा फसेका दुई भारतीय पदयात्रीको सकुशल उद्धार गरिएको छ । मनाङबाट थोरङपास गरी मुस्ताङतर्फ आउँदै गरेका उनीहरूको सेना र प्रहरीको संयुक्त टोलीले बुधबार साँझ सकुशल उद्धार गरेको हो ।

बुधबार मध्याह्न बारागुङ मुक्तिक्षेत्र–१ मुक्तिनाथ मन्दिर र थोरङलापास क्षेत्रमा हिमपात भएको थियो । भारतको केरला बस्ने २९ वर्षीय फानिक टोनी र ३० वर्षीय मित्र बिन्दु हिमपातका कारण बारागुङ मुक्तिक्षेत्र–२ स्थित चिसापानी भन्ने स्थानमा पदमार्ग पहिल्याउन नसकी अलपत्र परेका थिए । उनीहरूको बुधबार साँझ उक्त स्थानबाट सकुशल उद्धार गरिएको नेपाली सेना को इन्द्रबक्स गणले जनाएको छ ।

यसअघि राउण्ड अन्नपूर्ण चर्कीय पदमार्गअन्तर्गत मनाङदेखि थोरङपास हुँदै मुस्ताङ प्रवेश गर्दै गरेका भारतीय दुई पदयात्री हिमपातका कारण पदमार्ग पहिल्याउन नसकी अलपत्र परेको सूचना भारतीय पदयात्री मित्र बिन्दुद्वारा जिल्ला प्रहरी कार्यालय मुस्ताङ लाई जानकारी गराइएको थियो ।

संयुक्त उद्धार टोलीले हिमपात भइरहेको स्थान बारागुङ मुक्तिक्षेत्र–१ थोरङ्पासको तल्लो क्षेत्र ड्रम क्याम्पबाट साँझ करिब ८ बजे फेला पारी सकुशल उद्धार गरेको इन्द्रबक्स गणका प्रमुख सेनानी गौरवध्वज खाँडले जानकारी दिए ।

यो समाचारमा

चिसापानीमुक्तिनाथ मन्दिरमुस्ताङमनाङ
नेपाली सेना6 more

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    केही क्षेत्रमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

    काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आगामी दुई दिन केही प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै जल तथा मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि र पूर्वमा नेपालको तराई

    Data is loading...

    Loading brands...

    Loading footer...