दशरथ रंगशालामा सुकुमबासी परिवारको नाम दर्ता ३ हजार नाघ्यो

Author

सजिलो पत्रिका

२०८३ वैशाख २२, मङ्गलबार

14
Share
Featured

काठमाडौँ

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सुकुमबासी बस्ती हटाइएपछि प्रभावित परिवारहरूको नाम दर्ता तथा विवरण संकलन कार्य तीव्र रूपमा अघि बढाइएको छ । यस क्रममा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नाम दर्ता गराउने परिवारको संख्या ३ हजार १ सय ११ नाघेको छ ।

बागमती सभ्यता एकीकृत विकास समिति र उपत्यका विकास प्राधिकरणले वैशाख १२ गतेदेखि संयुक्त रूपमा रंगशालामा बसेर प्रभावित परिवारहरूको तथ्यांक संकलन गरिरहेका छन् । रंगशालाको पश्चिमतर्फ छुट्टाछुट्टै डेस्क स्थापना गरी फारम भर्ने तथा आवश्यक विवरण संकलन गर्ने काम भइरहेको छ ।

प्रभावित नागरिकहरूको आधारभूत आवश्यकता पूरा गर्न रंगशालामै स्वास्थ्य परीक्षण, खानपान तथा राष्ट्रिय परिचयपत्र बनाउने सेवा पनि सञ्चालनमा ल्याइएको छ । यी सबै व्यवस्थापन तथा समन्वयको जिम्मेवारी काठमाडौं महानगरपालिकाले लिइरहेको छ ।

यो समाचारमा

दशरथ रंगशालाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    जनकपुरधाम : यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब ५८ प्रतिशत खेतीयोग्य जग्गामा धान रोपाइँ भएको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका अनुसार असारसम्ममा मधेस प्रदेशमा कुल क्षेत्रफलको ५७ दशमलव ९३ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो । त्यसमध्ये सबैभन्दा बढी सिरहामा ८० प्रतिशत क्षेत्रफलमा

    Data is loading...

    Loading brands...

    Loading footer...