लालपुर्जा विवादमा पोखरेलको चेतावनी: सुकुमबासी हटाउँदा ठूलो सामाजिक–आर्थिक संकट सम्भावना

Author

सजिलो पत्रिका

२०८३ वैशाख २०, आइतबार

13
Share
Featured
  • लालपुर्जा नभएका नागरिक हटाउने नीति लागू भए करिब ५० लाख मानिस गरिबीको चक्रमा फस्ने खतरा रहेको शंकर पोखरेलको चेतावनी।
  • देशभर १२ लाखभन्दा बढी सुकुमबासी तथा अव्यवस्थित बसोबासीको समस्या रहेको, काठमाडौँमै करिब १ लाख प्रभावित।
  • संरचना हटाउँदा ठूलो आर्थिक क्षति हुने र निर्णयअघि तथ्याङ्क, कानुन र जनजीवनको गहिरो अध्ययन आवश्यक पर्ने जोड।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महामन्त्री शंकर पोखरेलले लालपुर्जा नभएका नागरिकलाई हटाउने नीति लागू गरिए ठूलो सामाजिक–आर्थिक संकट उत्पन्न हुने चेतावनी दिएका छन्। उनले यस्तो निर्णयले करिब ५० लाख नागरिक प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा गरिबीको चक्रमा फस्न सक्ने बताएका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पोखरेलले काठमाडौँ महानगरपालिकासहित देशभर भूमिसम्बन्धी समस्या गम्भीर बन्दै गएको उल्लेख गरेका छन्। भूमि आयोगमा परेका निवेदनअनुसार देशभर ९८ हजार ५०२ भूमिहीन सुकुमबासी, १ लाख ८० हजार २९३ सुकुमबासी तथा ९ लाख ३० हजार ७९० अव्यवस्थित बसोबासी गरी कुल १२ लाख ९ हजार ५८५ जनाले निवेदन दिएका छन्। यसबाहेक केही वास्तविक भूमिहीन अझै पनि प्रक्रियाबाहिर रहेको अनुमान गरिएको छ। काठमाडौँमै मात्र करिब १ लाखको हाराहारीमा सुकुमबासी तथा अव्यवस्थित बसोबासी रहेको उनले बताएका छन्।

पोखरेलले विगतमा संसदले यस समस्याको समाधानका लागि कानुनी व्यवस्था गरिसकेको स्मरण गराउँदै ९ लाखभन्दा बढी अव्यवस्थित बसोबासीका संरचना हटाउने निर्णयले अर्बौँ रुपैयाँ बराबरको क्षति निम्त्याउने बताएका छन्। उनका अनुसार यो केवल संरचना भत्काउने विषय मात्र नभई पहाडबाट शहरतर्फ बसाइँ सरेका नागरिकको जीवन, रोजगारी र अस्तित्वसँग जोडिएको जटिल सामाजिक–आर्थिक मुद्दा हो।

काठमाडौँ महानगरपालिका र भूमि आयोगबीच सहकार्यको सहमति भए पनि हालसम्म पूर्ण तथ्याङ्क उपलब्ध नभएकाले समस्या थप जटिल बनेको उनले उल्लेख गरेका छन्। यस्तो संवेदनशील विषयमा नीतिगत निर्णय लिनुअघि विद्यमान कानुन, तथ्याङ्क र जनजीवनको यथार्थलाई गहिरो रूपमा अध्ययन गर्नुपर्ने आवश्यकता उनले औंल्याएका छन्।

यो समाचारमा

काठमाडौँ महानगरपालिकाकाठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एमाले)शंकर पोखरेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    एक वर्षसम्म मिडियालाई अन्तर्वार्ता नदिने मन्त्रीको पुन घोषणा

    काठमाडौँ।विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले आगामी एक वर्षसम्म कुनै पनि सञ्चारमाध्यमलाई अन्तर्वार्ता नदिने घोषणा गरेका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत एक सन्देश जारी गर्दै उनले अति महत्वपूर्ण सार्वजनिक विषयबाहेक पत्रकार, युट्युबर वा सोसल मिडिया कसैलाई पनि अन्तर्वार्ता नदिने बताएका हुन्।केही दिनअघि एक अन्तर्वार्ताका क्रममा ट्राफिक नियम उल्लंघन गर्नेलाई ५०

    Data is loading...

    Loading brands...

    Loading footer...