जिफन्टको माग : न्यूनतम तलब पूर्ण कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण

Author

सजिलो पत्रिका

२०८३ वैशाख १५, मङ्गलबार

16
Share
Featured

काठमाडौँ

नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले श्रमिकको न्यूनतम तलब पूर्ण रूपमा कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ। मे दिवसको अवसरमा मङ्गलबार पत्रकार सम्मेलन गर्दै महासङ्घले श्रमिक अधिकारसम्बन्धी विभिन्न मुद्दा उठाउँदै सरकारको ध्यानाकर्षण गराएको हो।

जिफन्टले “कामको अधिकार, श्रमको सम्मान, सीपको अभिवृद्धि, प्रविधिसँग प्रगति, श्रमिकसँग समृद्धि” भन्ने नारासहित यस वर्षको मे दिवस मनाउने जानकारी दिएको छ। प्रत्येक वर्ष मे १ मा मनाइने यो दिवसका अवसरमा घोषणापत्र सार्वजनिक गरिने पनि महासङ्घले जनाएको छ।

महासङ्घले श्रमिकको न्यूनतम तलब पूर्ण रूपमा लागू गर्नुपर्ने, सामाजिक सुरक्षा कोषमा सबै श्रमिकको पहुँच सुनिश्चित गर्नुपर्ने र सीप विकास कोष स्थापना गर्नुपर्ने माग अघि सारेको छ। साथै युवा रोजगारी सुनिश्चितता कार्यक्रम सञ्चालन गर्नुपर्नेमा पनि जोड दिएको छ।

त्यसैगरी, शिक्षक पारिश्रमिक नियमावली तयार पार्न, उद्योगमा स्वास्थ्य तथा सुरक्षा मापदण्ड लागू गर्न र आचारसंहिता निर्माण गर्नुपर्ने माग गरिएको छ। उत्पादकत्व वृद्धि र उद्यमशीलतामार्फत रोजगारी सिर्जना गर्न स्वदेशी उद्योगलाई प्रोत्साहन प्याकेज दिनुपर्ने पनि जिफन्टको माग छ।

महासङ्घले यी मागहरू सम्बोधन गर्न सरकारसँग आग्रह गर्दै श्रमिकको जीवनस्तर सुधारमा गम्भीर हुनुपर्नेमा जोड दिएको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    जनकपुरधाम : यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब ५८ प्रतिशत खेतीयोग्य जग्गामा धान रोपाइँ भएको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका अनुसार असारसम्ममा मधेस प्रदेशमा कुल क्षेत्रफलको ५७ दशमलव ९३ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो । त्यसमध्ये सबैभन्दा बढी सिरहामा ८० प्रतिशत क्षेत्रफलमा

    Data is loading...

    Loading brands...

    Loading footer...