मधेसमा आत्महत्याका घटना बढ्दो, न्यूनीकरणका लागि प्रभावकारी पहलको आवश्यकता

Author

सजिलो पत्रिका

२०८३ वैशाख १५, मङ्गलबार

17
Share
Featured
  • मधेस प्रदेशमा आत्महत्याका घटना अत्यधिक बढ्दै गएको देखिएको छ, पछिल्ला तीन वर्षमा ३ हजार ३४८ जनाले आत्महत्या गरेका छन् भने चालु वर्षमा मात्र ७९३ घटना दर्ता भएका छन्।
  • आत्महत्याका प्रमुख कारणमा बेरोजगारी, मानसिक तनाव, पारिवारिक विवाद, दाइजो प्रथा, लागुऔषध प्रयोग र प्रेम सम्बन्धजन्य समस्या रहेका छन्, जसले पुरुष, महिला र बालबालिका सबैलाई प्रभावित पारेको छ।
  • सरोकारवालाहरूले आत्महत्या न्यूनीकरणका लागि स्थानीय तहको नेतृत्वमा मनोविमर्श, जनचेतना, आर्थिक सशक्तीकरण र सामाजिक विभेदविरुद्ध कडा कदम आवश्यक रहेको बताएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

मधेश प्रदेशमा आत्महत्याका घटनाहरू भयावह बन्दै गएको भन्दै यसको न्यूनीकरणका लागि प्रभावकारी पहलको आवश्यकता औँल्याइएको छ। प्रहरीको तथ्याङ्क अनुसार पछिल्ला वर्षहरूमा आत्महत्याका घटनामा उल्लेख्य वृद्धि देखिएको छ।

प्रहरी प्रधान कार्यालयको विवरणअनुसार मधेस प्रदेशमा पछिल्लो करिब तीन वर्षमा ३ हजार ३४८ जनाले आत्महत्या गरेका छन्। चालु आर्थिक वर्षमा मात्र ७९३ जनाले आत्महत्या गरेको तथ्याङ्क छ, जसमा पुरुष २८२, महिला ३०४ र बालबालिका २०७ जना रहेका छन्। बालबालिकामध्ये बालिकाको संख्या १७२ पुगेको छ।

जिल्लागत रूपमा चालु आर्थिक वर्षमा सिराहा, धनुषा, सर्लाहीरौतहटमा आत्महत्याका घटना बढी देखिएका छन् भने पर्सामा सबैभन्दा कम घटना दर्ता भएका छन्। अघिल्लो आर्थिक वर्षहरूमा पनि हजारभन्दा बढी आत्महत्या घटनाहरू दर्ता भएका थिए, जसमा पुरुष, महिला र बालबालिका सबै प्रभावित देखिएका छन्।

आत्महत्याका प्रमुख कारणमा बेरोजगारी, मानसिक तनाव, पारिवारिक विवाद, दाइजो प्रथा, लागुऔषध प्रयोग तथा प्रेम सम्बन्धमा आएको समस्या रहेको अनुसन्धानले देखाएको छ। विशेषगरी पुरुषहरूमा आर्थिक दबाब र पारिवारिक तनाव प्रमुख कारण बनेको देखिन्छ भने महिलामा घरेलु हिंसा र दाइजो सम्बन्धी समस्या बढी देखिएको छ।

बालबालिका र किशोर–किशोरीमा पनि आत्महत्याका घटना बढ्दै गएको प्रहरीको निष्कर्ष छ। उमेर नपुग्दै प्रेम सम्बन्ध, पारिवारिक अस्वीकार, जबर्जस्ती विवाह तथा लागुऔषध प्रयोगजस्ता कारणले उनीहरू जोखिममा परेको पाइएको छ।

मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले आत्महत्या गम्भीर सामाजिक समस्या बनेको बताउँदै यसलाई नियन्त्रण गर्न तीनै तहका सरकारबीच समन्वय आवश्यक रहेको उल्लेख गरेका छन्। उनले स्थानीय तहको भूमिका सबैभन्दा महत्वपूर्ण हुने बताएका छन्।

त्यस्तै, इन्सेक मधेस प्रदेश प्रमुख राजु पासमानले गरिबी, सामाजिक विभेद, अन्तरजातीय विवाहप्रतिको अस्वीकार र सामाजिक सञ्जालको दुरुपयोग पनि आत्महत्याका कारण बनेको बताएका छन्। उनले आर्थिक सशक्तीकरण, जनचेतना कार्यक्रम, मनोविमर्श सेवा र सामाजिक विभेदविरुद्ध कडाइका साथ कानुन कार्यान्वयन गर्नुपर्ने सुझाव दिएका छन्।

यो समाचारमा

सिराहारौतहटसर्लाहीकाठमाडौँ
धनुषा5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    जनकपुरधाम : यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब ५८ प्रतिशत खेतीयोग्य जग्गामा धान रोपाइँ भएको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका अनुसार असारसम्ममा मधेस प्रदेशमा कुल क्षेत्रफलको ५७ दशमलव ९३ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो । त्यसमध्ये सबैभन्दा बढी सिरहामा ८० प्रतिशत क्षेत्रफलमा

    Data is loading...

    Loading brands...

    Loading footer...