लिम्पियाधुरासम्बन्धी नक्सा पोस्टपछि सीमाविद् बुद्धिनारायण श्रेष्ठको फेसबुक एकाउन्ट गायब

Author

सजिलो पत्रिका

२०८३ वैशाख १४, सोमबार

20
Share
Featured

काठमाडौँ

सीमाविद् बुद्धिनारायण श्रेष्ठको फेसबुक एकाउन्ट अचानक गायब भएको छ। लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकै भूभाग रहेको ऐतिहासिक नक्सासम्बन्धी सामग्री पोस्ट गरेपछि आफ्नो फेसबुक नचल्ने अवस्थामा पुगेको उनले बताएका छन्।

श्रेष्ठका अनुसार उनले १८१६ को सुगौली सन्धिअनुसार महाकाली नदीको उद्गम बिन्दु लिम्पियाधुरा भएको उल्लेख गर्दै पुरानो नक्सा सार्वजनिक गरेका थिए। त्यसपछि शनिबारदेखि आफ्नो फेसबुक र म्यासेन्जर दुवै काम नगरेको उनले बताए।

उनले ‘छिमेकी मुलुकबाट रिपोर्ट भएको’ भन्दै म्यासेज आएको र त्यसपछि एकाउन्ट निष्क्रिय भएको बताएका छन्। अहिले आफूले म्यासेन्जरमार्फत समेत सम्पर्क गर्न नसकेको उनको भनाइ छ।

यसअघि पनि श्रम संस्कृति पार्टीका हर्क साम्पाङको फेसबुक एकाउन्ट केही समयका लागि गायब भएको थियो, जुन पछि पुनः सञ्चालनमा आएको थियो। तर पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको फेसबुक एकाउन्ट भने अझै फिर्ता आएको छैन।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...