सहिदमार्ग स्तरोन्नति नहुँदा ताराखोलावासीलाई सास्ती

Author

सजिलो पत्रिका

२०८३ वैशाख १४, सोमबार

15
Share
Featured

ढोरपाटन (बागलुङ), १४ वैशाख : यहाँको ताराखोला जोड्न सहिदमार्गको ट्रयाक खुलेको २० वर्ष भन्दा बढी भयो । ट्रयाक खुलेको यतिका वर्षसम्म पनि स्तरोन्नति हुन नसक्दा यसक्षेत्रका सर्वसाधारणले सास्ती भोग्दै आएका छन् । सशस्त्र द्वन्द्वका बेला जनश्रमदान गरी खुलेको सडक हालसम्म स्तरोन्नति हुन सकेको छैन ।

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँ रिजालचोकदेखि ताराखोला गाउँपालिकाको केन्द्र भातखानेडाँडासम्म जोडिएको यो सडकको साँघुरो र अप्ठ्यारो छ । दैनिक स्थानीयवासी जोखिम मोलेरै यात्रा गर्न बाध्य छन् । यो सडक विसं २०५७ देखि २०६० सम्म जनश्रमदानबाट निर्माण गरिएको थियो ।

गाउँमा कोही बिरामी परे तत्काल अस्पताल ल्याउँदा बढी समस्या हुने गरेको ताराखोला गाउँपालिका–२ का तमबहादुर रोकामगरले बताउनुभयो । वर्षौँ अगाडि दुःख गरेर कोदोला, गैँती र बेल्चाले खनेको सडक अहिले ठूलाठूला मेसिन चल्दा पनि स्तरोन्नति हुन नसक्नु दुःखद् भएको उहाँको गुनासो छ । रोकामगरले भन्नुभयो, “सडकको दुरावस्थाका कारण गाउँका मान्छेहरूले धेरै दुःख पाएका छन्, नेताहरू राज्य सरकारमा धेरै पटक पुगे, लौ नै यति सडक त राम्रो गराउनुपर्यो भनेर धेरैपटक माग गर्यौँ तर अहिलेसम्म जस्ताको त्यस्तै छ, कहिले बन्ला र सहज रूपमा बजार झर्न पाइएला ?” रिजालचोकदेखि करिब ४० किलोमिटर रहेको सडक व्यवस्थित नबन्दा महँगो भाडा तिर्नुपर्ने बाध्यता रहेको स्थानीय टीकाबहादुर विकले गुनासो पोख्नुभयो ।

दूरीका हिसाबले जिल्ला सदरमुकाम बागलुङ बजार नजिकै भए पनि अप्ठ्यारो सडकका कारण एक हजारभन्दा बढी भाडा तिर्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ । सहिदका नाममा बनेको सडक यतिका वर्षसम्म व्यवस्थित नबन्दा उनीहरूप्रतिको अपमान भएको विकले बताउनुभयो । “गाउँबाट बागलुङ बजार पुग्न तीन घण्टा बढी लाग्छ, सडक राम्रो भए त एकै घण्टामा पुग्न सकिने दूरी हो, यहाँको समस्या धेरैपटक सुनायौँ तर कतैबाट पनि सुनुवाइ हुन सकेन”, विकले भन्नुभयो, “यति सडक व्यवस्थित भए त हाम्रो जीवनस्तर पनि बदलिने थियो, गाउँमा उत्पादन भएका वस्तु सहज रूपमा बजार पुर्याउन सकिने थियो, बजारबाट पनि सस्तो भाडामा सामान ल्याउन सकिने थियो ।

” सहिदमार्गको काठेखोला गाउँपालिका–४ देखि ताराखोला गाउँपालिका–१, २ र ४ सम्मको खण्ड बढी अप्ठ्यारो छ । यो क्षेत्रमा खाल्डाखुल्डी धेरै छन् भने सडक निकै साँघुरो छ । आर्थिक वर्ष २०८०÷८१ मा दुई करोड रुपैयाँ र गत वर्ष एक करोड ५१ लाख रुपैयाँ खर्चेर केही खण्डमा काम भए पनि अरु काम हुनसकेको छैन । ताराखोला गाउँपालिकाका उपाध्यक्ष भीमबहादुर रोकाले यो सडक स्तरोन्नतिका लागि ठूलो बजेट लाग्ने तर गाउँपालिकामा सीमित बजेट हुने हुँदा काम गर्न नसकेको बताउनुभयो । सडक स्तरोन्नतिका लागि प्रदेश र सङ्घीय सरकारसँग पटकपटक बजेट माग गरे पनि अहिलेसम्म प्राप्त गर्न नसकेको उहाँको भनाइ छ ।

यो समाचारमा

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...