पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको फेसबुक पेजमा समस्या, रिकभर प्रयास जारी

Author

सजिलो पत्रिका

२०८३ वैशाख १३, आइतबार

15
Share
Featured

काठमाडौँ

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको आधिकारिक फेसबुक पेजमा प्राविधिक समस्या देखिएको छ। उक्त पेज अचानक गायब भएपछि हाल रिकभर गर्ने प्रयास भइरहेको उनको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार पेजमा आएको समस्याबारे आवश्यक प्राविधिक प्रक्रिया अघि बढाइएको छ र पेज पुनः प्राप्त गर्ने काम जारी रहेको छ। यस विषयमा सबैलाई जानकारी गराइएको सचिवालयले जनाएको छ।

पछिल्लो समय नेपालका केही चर्चित व्यक्तिहरूको सामाजिक सञ्जाल पेजमा यस्ता समस्या देखिन थालेको बताइएको छ। यसअघि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ राईको फेसबुक पेज पनि हटेको घटना सार्वजनिक भएको थियो।

यो समाचारमा

बाबुराम भट्टराईश्रम संस्कृति पार्टीकाठमाडौँहर्कराज साम्पाङ राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    जनकपुरधाम : यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब ५८ प्रतिशत खेतीयोग्य जग्गामा धान रोपाइँ भएको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका अनुसार असारसम्ममा मधेस प्रदेशमा कुल क्षेत्रफलको ५७ दशमलव ९३ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो । त्यसमध्ये सबैभन्दा बढी सिरहामा ८० प्रतिशत क्षेत्रफलमा

    Data is loading...

    Loading brands...

    Loading footer...