डेपुटी गभर्नर किरण पण्डितको सम्पत्ति विवरण सार्वजनिक, जग्गा र सुनमा बढी लगानी

Author

सजिलो पत्रिका

२०८३ वैशाख १०, बिहिबार

22
Share
Featured

काठमाडौँ

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डितको सम्पत्ति विवरण सार्वजनिक भएको छ । राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार उनी र उनका परिवारका नाममा जग्गा, सुनचाँदी तथा बैंक बचतमा उल्लेख्य सम्पत्ति रहेको देखिएको छ ।

विवरण अनुसार काठमाडौँको टोखा नगरपालिकामा उनकी पत्नी कामना शर्मा पण्डितका नाममा करिब २ करोड २० लाख रुपैयाँ बराबरको जग्गा छ, जुन निजी आय, श्रीमतीको आम्दानी र बैंक ऋणमार्फत खरिद गरिएको उल्लेख छ । त्यसैगरी तारकेश्वरमा ६९ लाख रुपैयाँ बराबरको जग्गा र कैलालीको धनगढीमा करिब १० लाख रुपैयाँको जग्गा पण्डितकै नाममा रहेको विवरणमा जनाइएको छ ।

पारिवारिक सम्पत्तिमा बुबा केशरीराज पण्डितका नाममा तनहुँको दमौलीमा ११ रोपनी जग्गा तथा आमाको नाममा काठमाडौँमा ६ रोपनी जग्गा र सामाखुशीमा साढे दुई तले घर रहेको उल्लेख छ । उक्त सम्पत्ति पैतृक स्रोतबाट प्राप्त भएको बताइएको छ ।

पण्डितसँग २० तोला सुन, २५० तोला चाँदी र करिब २ लाख रुपैयाँ बराबरको हिरा रहेको पनि विवरणमा उल्लेख छ । साथै बैंक तथा विभिन्न वित्तीय संस्थामा २ करोड रुपैयाँभन्दा बढी बचत र ७ सयभन्दा बढी कित्ता सेयर लगानी रहेको समेत सार्वजनिक विवरणमा जनाइएको छ ।

यो समाचारमा

काठमाडौँटोखा नगरपालिकानेपाल राष्ट्र बैंक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वर्षाले विभिन्न राजमार्ग प्रभावित, यि सडकमा राति सवारी सञ्चालन गर्न नपाइने

    काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोले राजमार्ग प्रभावित भएका छन् । केही सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केहीमा राति सवारी सञ्चालनमा रोक लगाइएको छ ।नेपाल प्रहरीका अनुसार सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गरी काभ्रेपलान्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक खण्डमा हरेक दिन बेलुका

    Data is loading...

    Loading brands...

    Loading footer...