प्रधानमन्त्री शाह र गृहमन्त्री गुरुङबीच छलफल

Author

सजिलो पत्रिका

२०८३ वैशाख ०९, बुधबार

16
Share
Featured

काठमाडौँ

गृहमन्त्री सुदन गुरुङले सुरक्षा प्रमुखहरूसँग लामो छलफल गरेपछि आज प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुवैबीच छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

मन्त्री गुरुङका एक सहयोगीका अनुसार करिब २० मिनेटयता छलफल जारी छ। छलफलको ठोस विषय सार्वजनिक नभए पनि शान्ति सुरक्षा र सुशासनसँग सम्बन्धित विषयमा कुराकानी भइरहेको अनुमान गरिएको छ।

यसअघि मंगलबार गृहमन्त्री गुरुङले नेपाल प्रहरीका आईजीपी, गृह सचिव, काठमाडौँका प्रमुख जिल्ला अधिकारीलगायत उच्च सुरक्षा अधिकारीहरूसँग करिब ५ घण्टा लामो छलफल गरेका थिए।

यसैबीच, व्यवसायी दीपक भट्टसँगको साझेदारी तथा उनको कम्पनीमा सेयर रहेको विषय सार्वजनिक भएपछि गृहमन्त्री गुरुङको आलोचना पनि भइरहेको छ।

यो समाचारमा

काठमाडौँसुदन गुरुङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वैदेशिक रोजगार कसुरमा फरार दुई प्रतिवादी पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रूकुम मुसिकोटका ४७ वर्षीय रामचन्द्र खड्का र रूकुम पूर्व पुथा उत्तरगङ्गाका ४८ वर्षीय पूर्णबहादुर मल्ल रहेका छन्।खड्कालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो। उनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणबाट गत

    Data is loading...

    Loading brands...

    Loading footer...