बुढीगण्डकी आयोजना अघि बढाउने सरकारको पहल सकारात्मक : डा. बाबुराम भट्टराई

Author

सजिलो पत्रिका

२०८३ वैशाख ०७, सोमबार

20
Share
Featured
  • पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बुढीगण्डकी आयोजना अघि बढाउने सरकारको पहललाई सकारात्मक भन्दै स्वागत गरेका छन्।
  • उनले यसलाई केवल जलविद्युत होइन, देशको आर्थिक रूपान्तरण गर्ने ‘गेम चेन्जर’ परियोजना भएको बताएका छन्।
  • आयोजना सफल बनाउन छुट्टै अधिकारसम्पन्न प्राधिकरण गठन गर्नुपर्ने सुझाव समेत दिएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बुढीगण्डकी जलाशययुक्त आयोजना अघि बढाउने वर्तमान सरकारको पहललाई सकारात्मक भन्दै स्वागत गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सम्मिलित सरकारको यो कदम लामो समयदेखि अलपत्र रहेको आयोजनालाई गति दिने अवसर भएको उनको भनाइ छ।

भट्टराईले बुढीगण्डकीलाई केवल १२०० मेगावाट विद्युत उत्पादन गर्ने परियोजनाका रूपमा मात्र नभई देशको आर्थिक रूपान्तरण गर्ने ‘गेम चेन्जर’ आयोजना रूपमा बुझ्नुपर्ने बताएका छन्। काठमाडौँ, पोखरा र भरतपुर जस्ता प्रमुख सहरहरूको बीचमा रहेको यस परियोजनाले औद्योगिक अर्थतन्त्रतर्फको यात्रालाई तीव्र बनाउन सक्ने उनको धारणा छ।

उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै यो आयोजनालाई अमेरिकाको टेनेसी भ्याली र चीनको थ्री गर्जेज ड्यामजस्ता ठूला परियोजनासँग तुलना गर्दै उच्च प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएका छन्। बुढीगण्डकीको पूर्ण उपयोगले नयाँ सहर, पर्यटन र औद्योगिक विकासमा महत्वपूर्ण योगदान दिने उनको भनाइ छ।

भट्टराईले आयोजना नेपाल विद्युत प्राधिकरणअन्तर्गत सामान्य कम्पनीमार्फत नभई छुट्टै ऐनद्वारा गठन हुने अधिकारसम्पन्न ‘बुढीगण्डकी जलाधार विकास प्राधिकरण’ मार्फत अघि बढाउनुपर्ने सुझाव पनि दिएका छन्। अन्यथा आयोजना फेरि अलपत्र पर्ने जोखिम रहेको उनको चेतावनी छ।

उनका अनुसार फेवातालभन्दा १५ गुणा ठूलो जलाशय बन्ने यस परियोजनाले बहुआयामिक विकास सम्भावना बोकेको छ। वर्तमान सरकारका प्रमुख पदाधिकारीहरू इन्जिनियरिङ तथा यसै क्षेत्रका जनप्रतिनिधि भएकाले विगतका कमजोरी सच्याउँदै परियोजना सफल बनाउने अवसर रहेको भट्टराईले उल्लेख गरेका छन्।

यो समाचारमा

काठमाडौँबाबुराम भट्टराईराष्ट्रिय स्वतन्त्र पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    जनकपुरधाम : यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब ५८ प्रतिशत खेतीयोग्य जग्गामा धान रोपाइँ भएको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका अनुसार असारसम्ममा मधेस प्रदेशमा कुल क्षेत्रफलको ५७ दशमलव ९३ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो । त्यसमध्ये सबैभन्दा बढी सिरहामा ८० प्रतिशत क्षेत्रफलमा

    Data is loading...

    Loading brands...

    Loading footer...