नेपाल–चीन सम्बन्धबारे अमेरिकी सहायक विदेशमन्त्री कपुरको टिप्पणी, ‘ऋण–जाल कूटनीति’ प्रति चेतावनी

Author

सजिलो पत्रिका

२०८३ वैशाख ०७, सोमबार

16
Share
Featured

काठमाडौँ

नेपाल भ्रमणमा रहेका संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया मामिलाका सहायक विदेशमन्त्री एस. पावल कपुरले चीनको प्रभाव र ऋण नीतिबारे धारणा व्यक्त गरेका छन्। उनले नेपाल र बङ्गलादेश जस्ता देशहरूलाई चीनको ‘ऋण–जाल कूटनीति’बाट जोगिनुपर्ने बताएका छन्।

कपुरले हालै अमेरिकी कार्यवाहक राजदूत स्कट उर्बोमलगायत दूतावासका अधिकारीहरूसँग छलफल गरेका छन्। उनले आजै परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेटवार्ता गर्ने कार्यक्रम समेत तय भएको छ।

यसअघि अमेरिकी कांग्रेसको एक उपसमिति बैठकमा बोल्दै कपुरले नेपाल र बंगलादेशमा युवा नेतृत्वमा भएका आन्दोलनपछि नयाँ सरकार बनेको उल्लेख गरेका थिए। उनले नेपालमा हुने निर्वाचन शान्तिपूर्ण र सुरक्षित हुने विश्वास व्यक्त गर्दै जुनसुकै सरकार बने पनि अमेरिका सहकार्य गर्न तयार रहने बताएका थिए।

उनले नेपाल भौगोलिक रूपमा भारत र चीनको बीचमा रहेकाले संवेदनशील अवस्थामा रहेको उल्लेख गर्दै चीनको ऋण र लगानी नीतिबाट सावधान रहनुपर्ने धारणा राखेका थिए। साथै, चीनले ‘बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)’ मार्फत आफ्ना रणनीतिक र सुरक्षा स्वार्थ अघि बढाइरहेको आरोप पनि उनले लगाएका थिए।

कपुरले दक्षिण एसियामा कुनै एक देशको एकल प्रभुत्व रोक्नु अमेरिकाको प्रमुख उद्देश्य रहेको स्पष्ट पारेका छन्। उनका अनुसार नेपाल, बङ्गलादेश, माल्दिभ्स, श्रीलङ्का र भुटानमाथि चीनको प्रभाव र ऋणको दबाब बढिरहेको छ, जसलाई सन्तुलनमा राख्न आवश्यक छ।

नेपाल भ्रमणका क्रममा कपुरले राजनीतिक परिवर्तनपछि बनेको नयाँ सरकारसँग सहकार्य र क्षेत्रीय स्थिरतामा जोड दिँदै अमेरिकाले व्यापार र रणनीतिक सम्बन्ध विस्तारलाई प्राथमिकतामा राख्ने बताएका छन्।

यो समाचारमा

शिशिर खनालकाठमाडौँबंगलादेशस्वर्णिम वाग्ले
संयुक्त राज्य अमेरिका4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...