कक्षा १२ को परीक्षा केन्द्र टाढा सारिँदा विद्यार्थीलाई सास्ती, सांसद खुश्बु ओलीद्वारा सरकारको ध्यानाकर्षण

Author

सजिलो पत्रिका

२०८३ वैशाख ०२, बुधबार

21
Share
Featured

काठमाडौँ

कक्षा १२ को परीक्षा केन्द्र टाढा तोकिँदा विद्यार्थीहरूले ठूलो सास्ती भोग्नुपरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले सरकारको ध्यानाकर्षण गराएकी छिन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक भिडियोमा उनले जाजरकोटसहित दुर्गम क्षेत्रका विद्यार्थीहरू परीक्षा केन्द्रको अव्यवस्थित छनोटका कारण समस्यामा परेको बताएकी हुन्। यस वर्ष वैशाख १४ गतेदेखि सुरु हुने परीक्षाका लागि जाजरकोटको श्री त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थीहरूको परीक्षा केन्द्र ३० किलोमिटर टाढा सारिएको छ।

ओलीका अनुसार पहिले विद्यार्थीहरूले आफ्नै विद्यालय वा सदरमुकामस्थित भेरी ज्ञानोदय क्याम्पसमा परीक्षा दिँदै आएका थिए। तर, यसपटक परीक्षा केन्द्रलाई कालाभुँरास्थित श्री दीपेन्द्र माध्यमिक विद्यालयमा सारिँदा आवतजावत र बसोबासको समस्या देखिएको छ।

उनले कठिन भौगोलिक अवस्था, यातायातको अभाव र नजिकै पर्याप्त बस्ती नहुँदा विद्यार्थीहरूलाई परीक्षा दिन थप कठिनाइ हुने बताइन्। यसले विद्यार्थीहरूको परीक्षा नै छुट्न सक्ने जोखिम रहेको भन्दै अभिभावक र विद्यालय व्यवस्थापन समितिले समेत चिन्ता व्यक्त गरेको उनले जानकारी दिइन्।

सांसद ओलीले यस विषयमा चैत २३ गते नै शिक्षा मन्त्रालयमा ज्ञापनपत्र बुझाएको र मन्त्री तथा सचिवसँग छलफल गरे पनि अझै ठोस निर्णय नभएको बताएकी छिन्। उनले परीक्षा केन्द्र तोक्दा भौगोलिक पहुँच, सुरक्षा र सहजतालाई प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरेकी छिन्।

यो समाचारमा

खुश्बु ओलीकाठमाडौँराष्ट्रिय प्रजातन्त्र पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    जनकपुरधाम : यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब ५८ प्रतिशत खेतीयोग्य जग्गामा धान रोपाइँ भएको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका अनुसार असारसम्ममा मधेस प्रदेशमा कुल क्षेत्रफलको ५७ दशमलव ९३ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो । त्यसमध्ये सबैभन्दा बढी सिरहामा ८० प्रतिशत क्षेत्रफलमा

    Data is loading...

    Loading brands...

    Loading footer...