संघीय सरकारको बिदा निर्णय अस्वीकार गर्दै आठराई त्रिवेणी गाउँपालिकाद्वारा आइतबार पनि कार्यालय सञ्चालन

Author

सजिलो पत्रिका

२०८२ चैत २९, आइतबार

20
Share
Featured

काठमाडौँ

संघीय सरकारको हप्तामा दुई दिन बिदा दिने निर्णयलाई अस्वीकार गर्दै ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले आइतबार पनि कार्यालय सञ्चालन गरेको छ।

संघीय सरकारले पश्चिम एसियामा भइरहेको द्वन्द्वका कारण इन्धन खपत कम गर्न भन्दै हप्तामा शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय लागू गरेको थियो। तर गाउँपालिकाले स्थानीय आवश्यकता र भौगोलिक अवस्थालाई ध्यानमा राख्दै पुरानै कार्यतालिका अनुसार कार्यालय सञ्चालन गर्ने निर्णय गरेको हो।

गाउँपालिका अध्यक्ष दिपेन्द्र पोमूका अनुसार संघीय सरकारले गरेको सबै निर्णय सबै स्थानमा समान रूपमा लागू गर्न नसकिने भएकाले स्थानीय तहले आफ्नो परिस्थितिअनुसार निर्णय गर्नुपर्ने हुन्छ। उनले पहाडी क्षेत्रमा सेवाग्राही तथा कर्मचारीहरू लामो दूरी हिँडेर सेवा लिन आउने भएकाले बिदा प्रणालीले झन् असुविधा हुने बताए।

अध्यक्ष पोमूले विकास निर्माण तथा बजेट कार्यान्वयनको महत्वपूर्ण समय भएकाले अतिरिक्त बिदाले काम प्रभावित हुने उल्लेख गरे। साथै, विद्यालय र विद्यार्थीहरूको सहजताका लागि पनि पुरानै समय तालिका (१० देखि ५ बजे) अनुसार सेवा सञ्चालन गरिएको उनले बताए।

गाउँपालिकाका अनुसार यो निर्णय गाउँपालिका कार्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी तथा विद्यालयहरूमा समेत लागू गरिएको छ। कार्यालयहरूको अनुगमनपछि सेवा सुचारु रूपमा सञ्चालन भइरहेको जनाइएको छ।

अध्यक्ष पोमूले यो निर्णय संघीय सरकारको नीतिको विरोध नभई स्थानीय स्वायत्तता र व्यावहारिक आवश्यकताका आधारमा गरिएको स्पष्ट पारेका छन्।

यो समाचारमा

आठराई त्रिवेणी गाउँपालिकाकाठमाडौँताप्लेजुङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वर्षाले विभिन्न राजमार्ग प्रभावित, यि सडकमा राति सवारी सञ्चालन गर्न नपाइने

    काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोले राजमार्ग प्रभावित भएका छन् । केही सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केहीमा राति सवारी सञ्चालनमा रोक लगाइएको छ ।नेपाल प्रहरीका अनुसार सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गरी काभ्रेपलान्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक खण्डमा हरेक दिन बेलुका

    Data is loading...

    Loading brands...

    Loading footer...