माछापोखरी चोक खुला बनाइने, ट्राफिक सुधार अभियान सुरु

Author

सजिलो पत्रिका

२०८२ चैत २९, आइतबार

15
Share
Featured

काठमाडौँ

गोंगबु बसपार्क–बालाजु क्षेत्रमा ट्राफिक व्यवस्थापन तथा दुर्घटना न्यूनीकरणका विषयमा केन्द्रित नागरिक सुनुवाइ तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक नवराज अधिकारीको प्रमुख आतिथ्यतामा आयोजना गरिएको थियो।

कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, तारकेश्वर नगरपालिका अन्तर्गतका ट्राफिक प्रभाग प्रमुखहरू तथा विभिन्न सरोकारवाला निकायहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले विशेषगरी माछापोखरी क्षेत्रमा बढ्दो सवारी चाप, दैनिक चर्को ट्राफिक जाम र त्यसले जनजीवनमा पारेको असरबारे गम्भीर चासो व्यक्त गरेका थिए। साथै, सो क्षेत्रमा बढ्दै गएको सडक दुर्घटनाले नागरिकहरू थप त्रसित बनेको धारणा राखिएको थियो।

नागरिकका गुनासा र सुझावहरू सुनेपछि ट्राफिक प्रमुख नवराज अधिकारीले माछापोखरी चोकमा भइरहेको अव्यवस्थित पार्किङ र अस्थायी बसपार्क प्रमुख समस्याको रूपमा रहेको उल्लेख गरे। उनले उक्त संरचनाहरू हटाएर क्षेत्रलाई व्यवस्थित, खुला र सुरक्षित बनाइने स्पष्ट पारे।

अधिकारीले भोलिदेखि नै सो कार्य कार्यान्वयनमा जाने जानकारी दिँदै ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे। साथै, स्थानीय तह र सरोकारवाला निकायसँग सहकार्य गर्दै दीर्घकालीन समाधान खोजिने पनि उनले बताए।

यो समाचारमा

काठमाडौँतारकेश्वर नगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...