हिरासतमुक्त भएपछि लेखकको प्रतिक्रिया- 'बाँकी कानुनी र राजनीतिक लडाइँ जारी रहनेछ'

Author

सजिलो पत्रिका

२०८२ चैत २७, शुक्रबार

21
Share
Featured
  • पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका नेतारमेश लेखक १३ दिनको हिरासतपछि सर्वोच्च अदालतको आदेशअनुसार हाजिरी जमानीमा रिहा भए।
  • उनले ‘जेनजी आन्दोलन’ सम्बन्धी प्रतिवेदनलाई पूर्वाग्रही र प्रतिशोधपूर्ण भन्दै आफूलाई त्यसकै आधारमा फसाइएको आरोप लगाए।
  • सर्वोच्चप्रति सम्मान जनाउँदै उनले कानुनी र राजनीतिक लडाइँ जारी राख्ने बताएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

पूर्व गृहमन्त्री एवं नेपाली काँग्रेसका नेता रमेश लेखक १३ दिनको हिरासतपछि रिहा भएका छन्। सर्वोच्च अदालतको परमादेशपछि बिहीबार हाजिरी जमानीमा हिरासतमुक्त भएका लेखकले आज सामाजिक सञ्जालमार्फत आफू रिहा भएको जानकारी दिँदै सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्।

रिहाइपछि प्रतिक्रिया दिँदै लेखकले गत भदौ २३ र २४ गतेको 'जेनजी आन्दोलन' का घटना छानबिन गर्न गठित आयोगको प्रतिवेदनलाई 'पूर्वाग्रही, प्रतिशोधपूर्ण र अप्रमाणित' भएको आरोप लगाएका छन्। उनले सोही प्रतिवेदनका आधारमा आफूलाई फौजदारी अभियोग लगाएर नियन्त्रणमा राखिएको दाबी गरे।

सर्वोच्च अदालतप्रति सम्मान व्यक्त गर्दै लेखकले आफू कानुनको पालना र न्यायमा विश्वास गर्ने बताएका छन्। उनले आफ्नो रिहाइका लागि आवाज उठाउने शुभचिन्तक, कानुन व्यवसायी र सञ्चारकर्मीप्रति आभार प्रकट गर्दै आगामी दिनमा कानुनी र राजनीतिक लडाइँ जारी राख्ने उद्घोष गरेका छन्। उनले आफूमाथि लगाइएको अभियोगलाई राजनीतिक प्रतिशोधको संज्ञा दिएका छन्।


यो समाचारमा

रमेश लेखकनेपाली काँग्रेसकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...