दीक्षित सैन्य अधिकृतलाई प्रधानमन्त्रीको निर्देशन: कर्तव्यप्रति सदैव सजग रहन आग्रह

Author

सजिलो पत्रिका

२०८२ चैत २६, बिहिबार

16
Share
Featured

काठमाडौँ

भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा बिहीबार अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान कवाज भव्य रूपमा सम्पन्न भएको छ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को प्रमुख आतिथ्यमा आयोजित उक्त समारोहमा विभिन्न तालिम समूहका कुल १८३ जना अधिकृत क्याडेटहरूले सफलतापूर्वक तालिम पूरा गरी आयुक्त पद प्राप्त गरेका छन्।

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले कठिन सैन्य तालिम पूरा गरी राष्ट्रको सुरक्षाको जिम्मेवारी बहन गर्न तयार भएका नवआयुक्त अधिकृतहरूलाई बधाई दिएका थिए। उनले मातृभूमि र जनताको सुरक्षाका लागि समर्पित हुँदै सैन्य आचरण, अनुशासन र ‘चेन अफ कमान्ड’लाई पूर्ण रूपमा आत्मसात गर्नुपर्नेमा जोड दिए। साथै उनले आफ्नो कर्तव्य र जिम्मेवारीप्रति सधैं सजग रहन आग्रह गरे।

सोही अवसरमा तालिमका क्रममा उत्कृष्ट प्रदर्शन गर्ने अधिकृत क्याडेटहरूलाई खुकुरी तथा छडी प्रदान गरी सम्मान गरिएको थियो।

दीक्षित हुनेहरूमा सि.सं. ६३ अधिकृत क्याडेट, सि.सं. ५ स्नातक अधिकृत क्याडेट तथा सि.सं. ५३ पदिक तथा बिल्लादार अधिकृत आधार तालिममा सहभागी शिक्षार्थीहरू रहेका छन्। कार्यक्रममा प्रधान सेनापति महारथी अशोक राज सिग्देलले मित्रराष्ट्र केन्या र जाम्बियाबाट तालिममा सहभागी भएका तीन जना विदेशी अधिकृत क्याडेटहरूलाई विशेष पदक प्रदान गरेका थिए।

नेपाली सैनिक प्रतिष्ठानले सन् २०१२ देखि विदेशी शिक्षार्थीलाई समेत तालिम दिन सुरु गरेको हो। हालसम्म विभिन्न राष्ट्रका ३२ जना विदेशी क्याडेटहरूले यहाँबाट तालिम पूरा गरिसकेका छन्।

प्रतिष्ठानले स्थापना कालदेखि हालसम्म ६ हजार ७३४ जना अधिकृत क्याडेट तथा पदिक–बिल्लादार अधिकृत र १ हजार ६०८ जना प्राविधिक अधिकृतलाई सफलतापूर्वक तालिम प्रदान गरिसकेको जनाएको छ।

कवाज प्रदर्शनपछि नवआयुक्त अधिकृतहरूलाई उनीहरूका अभिभावक तथा आफन्तजनले दर्ज्यानी चिन्ह प्रदान गर्दै सुशोभित गरेका थिए।

यो समाचारमा

भक्तपुरकाठमाडौँबालेन्द्र शाह (बालेन)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बाँकेमा १३ करोड ६१ लाखका सामान बरामद

    काठमाडौं । बाँकेको जमुनाह नाकाबाट सशस्त्र प्रहरी बलले गत आर्थिक वर्षमा रु. १३ करोड ६१ लाख ३१ हजार ६९८ बराबरका अवैध रूपमा नेपाल भित्र्याइएका सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल ३० नं, गण बागेश्वरी हेडक्वार्टर, बाँकेका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन विष्टका अनुसार आर्थिक वर्ष २०८२/०८३

    Data is loading...

    Loading brands...

    Loading footer...