राष्ट्रपति पौडेलले चैत २७ गते संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने

Author

सजिलो पत्रिका

२०८२ चैत २५, बुधबार

15
Share
Featured

काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले चैत २७ गते शुक्रबार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीका अनुसार चैत २७ गते दिउँसो ३ बजेका लागि संयुक्त बैठक तय गरिएको छ। राष्ट्रपति कार्यालयबाट पत्र प्राप्त भएपछि सम्बोधन कार्यक्रमको आवश्यक तयारी अघि बढाइएको उनले जानकारी दिए ।

राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा संयुक्त बैठकलाई सम्बोधन गर्न लागेका हुन्। संसद् सचिवालयले सम्बोधनका लागि आवश्यक व्यवस्था मिलाउने तयारी गरेको जनाएको छ ।

संविधानको धारा ९५ मा राष्ट्रपतिले सङ्घीय संसद्को कुनै एक सदन वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न सक्ने व्यवस्था गरिएको छ।

यो समाचारमा

काठमाडौँरामचन्द्र पौडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...