वैदेशिक ऋणको भरमा देश चलाउनु गलत : सांसद महेन्द्रबहादुर शाही

Author

सजिलो पत्रिका

२०८२ चैत २५, बुधबार

28
Share
Featured

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद महेन्द्र बहादुर शाहीले वैदेशिक अनुदान र ऋणको भरमा मात्र देश चलाउने प्रयास गलत हुने बताएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै उनले आत्मनिर्भर अर्थतन्त्र निर्माणतर्फ ठोस कदम चाल्न सरकारसँग आग्रह गरे।

सांसद शाहीले भ्रष्टाचारका सबै काण्डहरूको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न पनि सरकारलाई सुझाव दिए।

उनले भूराजनीतिक संवेदनशीलतालाई ध्यानमा राख्दै परराष्ट्र नीति अघि बढाउनुपर्नेमा जोड दिँदै पञ्चशीलको सिद्धान्त र असंलग्न परराष्ट्र नीतिका आधारमा मात्र अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन गर्नुपर्ने बताए।

शाहीले मुलुकमा बिनाभेदभाव सुशासन कायम गर्ने अभियानलाई थप प्रभावकारी बनाउन पनि सरकारको ध्यानाकर्षण गराएका छन्।

यो समाचारमा

काठमाडौँनेपाल कम्युनिष्ट पार्टीमहेन्द्र बहादुर शाही

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...