आईटी निर्यातकर्तालाई वार्षिक पाँच हजार डलरसम्म सटही सुविधा, राष्ट्र बैंकको नयाँ व्यवस्था

Author

सजिलो पत्रिका

२०८२ चैत २५, बुधबार

14
Share
Featured

काठमाडौँ

नेपाल राष्ट्र बैंकले सूचना प्रविधि (आईटी) सेवा निर्यातकर्ताका लागि वार्षिक पाँच हजार अमेरिकी डलरसम्मको सटही सुविधा उपलब्ध गराउने व्यवस्था गरेको छ।

राष्ट्र बैंकले ‘एकीकृत परिपत्र–२०८२’ जारी गर्दै आईटी क्षेत्रका कम्पनीहरूको व्यवसायिक सहजता र अन्तर्राष्ट्रिय कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले प्रिपेड डलर कार्ड प्रयोगको सीमा विस्तार गरेको हो।

नयाँ व्यवस्थाअनुसार साधारण आईटी उद्योगहरूले अनलाइनमार्फत सेवा खरिदका लागि वार्षिक तीन हजार अमेरिकी डलरसम्मको सुविधा पाउनेछन्। तर, सूचना प्रविधि सेवा निर्यातमा संलग्न कम्पनीहरूका हकमा थप सहुलियत प्रदान गरिएको छ।

विदेशी मुद्रा आर्जन गर्ने त्यस्ता निर्यातकर्ताले अतिरिक्त दुई हजार अमेरिकी डलरसहित कुल पाँच हजार अमेरिकी डलरसम्मको सटही सुविधा पाउने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ।

यो नीतिले विदेशमा कार्यरत नेपाली स्टार्टअप तथा सफ्टवेयर कम्पनीहरूलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बन्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, उनीहरूले क्लाउड स्टोरेज, सर्भर होस्टिङ तथा आवश्यक सफ्टवेयर खरिद जस्ता व्यवसायिक आवश्यकतामा सहज रूपमा खर्च गर्न सक्नेछन्।

यो समाचारमा

नेपाल राष्ट्र बैंककाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    एक वर्षमा जङ्गली जनावरको आक्रमणबाट पाँच जनाको मृत्यु

    काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा हात्ती, गौँडा र बाघलगायतका जङ्गली जनावारको आक्रमणमा परी पाँच जनाको मृत्यु भएको छ ।चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार तीन जनाको गैंडाको आक्रमणका कारण मृत्यु भएको हो । सोही अवधिमा दुई जनाको हात्ती र एक जनाको बाघको आक्रमणबाट मृत्यु भएको उनले

    Data is loading...

    Loading brands...

    Loading footer...