वृद्धलाई कुटपिट गर्ने पक्राउ

Author

सजिलो पत्रिका

२०८२ चैत २५, बुधबार

26
Share
Featured

काठमाडौँ, २५ चैत : सार्वजनिक स्थानमा एक बृद्ध मानिसलाई कुटपीट गरेको अभियोगमा प्रहरीले एक आरोपीलाई पक्राउ गरेको छ ।

सामाजिक सञ्जालमा देखिएको काठमाडौंको वसन्तपुर क्षेत्रमा वृद्ध देखिने मानिसलाई कुटपिट गरेको भिडियोका सम्बन्धमा प्रहरीले छानबिन गरेको थियो ।

छानबिनका क्रममा कुटपिटमा संलग्न चन्द्रागिरी नगरपालिका थानकोट बस्ने वर्ष ४४ को प्रकाश क्षेत्रीलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यवहार गर्न नहुने कसूरमा पाँच दिनको म्याद थप अनुमति लिइ प्रहरी वृत्त जनसेवाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    केही क्षेत्रमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

    काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आगामी दुई दिन केही प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै जल तथा मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि र पूर्वमा नेपालको तराई

    Data is loading...

    Loading brands...

    Loading footer...