ओली र लेखकलाई रिहा गर्न एमाले सांसद ऐनबहादुर महरको माग

Author

सजिलो पत्रिका

२०८२ चैत २३, सोमबार

36
Share
Featured

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद ऐन बहादुर महरले पूर्वप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीरमेश लेखकलाई बिना सर्त रिहा गर्न माग गरेका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रतिशोध र पूर्वाग्रहको राजनीति अन्त्य गर्नुपर्ने धारणा राखे।

सांसद महरले सरकारद्वारा पूर्वप्रधानमन्त्री तथा पूर्वगृहमन्त्रीलाई गैरकानुनी र अन्यायपूर्ण रूपमा पक्राउ गरिएको आरोप लगाए। उनले लोकतन्त्रमा पूर्वाग्रह र प्रतिशोधको राजनीति स्वीकार्य नहुने भन्दै विधिको शासन कायम गर्न सबैप्रति समान व्यवहार हुनुपर्नेमा जोड दिए।

त्यसैगरी, उनले सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी कार्यसूचीअन्तर्गत विद्यार्थी संगठन र ट्रेड युनियनमाथि लगाइएको प्रतिबन्ध हटाउने निर्णय पनि तत्काल फिर्ता लिन माग गरे।

महरले विद्यार्थी आन्दोलन नेपालको लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै यस्ता संगठनमाथि प्रतिबन्ध लगाउनु उचित नहुने बताएका छन्।

यो समाचारमा

खड्गप्रसाद शर्मा ओलीनेपाल कम्युनिष्ट पार्टी (एमाले)काठमाडौँरमेश लेखक
ऐन बहादुर महर4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    १६६ विधेयक निर्माणको लक्ष्य पूरा गर्न मन्त्री गौतमको सक्रियता

    काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले चालु आर्थिक वर्षलाई 'कानुन सुधार र निर्माण वर्ष' (Law Reform Year) का रूपमा सफल बनाउन तयारी तीव्र पारेको छ। मन्त्री सोबिता गौतमले निर्धारण गरिएको १६६ वटा विधेयकको लक्ष्य पूरा गर्न र सङ्घीय संसद्लाई आवश्यक बिजनेस उपलब्ध गराउन सबै मन्त्रालयका कानुन शाखाहरूसँग छलफल

    Data is loading...

    Loading brands...

    Loading footer...