जलवायु परिवर्तन आर्थिक र सामाजिक संकट पनि हो : मन्त्री गीता चौधरी

Author

सजिलो पत्रिका

२०८२ चैत २३, सोमबार

30
Share
Featured

काठमाडौँ

कृषि तथा पशुपंक्षी विकास, वन तथा वातावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनलाई केवल वातावरणीय समस्या मात्र नभई गम्भीर आर्थिक र सामाजिक संकटको रूपमा व्याख्या गरेकी छन्। काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जलवायु परिवर्तनले मानव अधिकार र विकासका सबै पक्षमा प्रत्यक्ष असर पारिरहेको बताइन्।

मन्त्री चौधरीका अनुसार नेपालले विश्वव्यापी कार्बन उत्सर्जनमा न्यून योगदान दिए पनि जलवायु परिवर्तनको गम्भीर असर भोग्न बाध्य छ। उनले हिमनदी तीव्र गतिमा पग्लिनु, बेमौसमी वर्षा, बाढीपहिरो र खडेरीजस्ता प्राकृतिक विपद् बढ्दै जाँदा जनजीवन र देशको विकास यात्रामा ठूलो चुनौती थपिएको उल्लेख गरिन्।

उनले जलवायु संकट सामना गर्न नेपालले राष्ट्रिय निर्धारित योगदान (एनडिसी) तयार गरी अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गरिसकेको जानकारी दिइन्। तर, दस्तावेज तयार गर्नु मात्र पर्याप्त नभई त्यसको प्रभावकारी कार्यान्वयन नै मुख्य चुनौती भएको उनको भनाइ छ। उनले अबको ध्यान एनडिसीको सफल कार्यान्वयनमा केन्द्रित हुनुपर्नेमा जोड दिइन्।

मन्त्री चौधरीले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सरकारका तीनै तह, निजी क्षेत्र, नागरिक समाज र सञ्चारमाध्यमबीच समन्वय आवश्यक रहेको बताइन्। स्थानीय तहसम्म प्रभावकारी कार्यक्रम सञ्चालन गर्न अन्तरसरकारी समन्वय महत्वपूर्ण हुने उनको धारणा छ।

उनले वन तथा जैविक विविधता संरक्षणमा नेपालले हासिल गरेको प्रगतिलाई अन्तर्राष्ट्रिय समुदायले प्रशंसा गरेको उल्लेख गर्दै वातावरणीय सन्तुलन कायम राख्नु सबैको साझा जिम्मेवारी भएको बताइन्। जलवायु परिवर्तनको सामना गर्न सामूहिक प्रयास अपरिहार्य रहेको भन्दै उनले सबै सरोकारवालालाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरिन्।

यो समाचारमा

गीता चौधरीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...