भौतिक मन्त्रालयद्वारा सेवा प्रवाहमा अनावश्यक झन्झट निषेध

Author

सजिलो पत्रिका

२०८२ चैत २०, शुक्रबार

21
Share
Featured

काठमाडौँ

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक सेवा प्रवाह प्रक्रियामा हुने अनावश्यक झन्झट तथा अनियमितता नियन्त्रण गर्न कडाइ गरेको छ। मन्त्रालयले सेवाग्राहीलाई अनावश्यक रूपमा दुःख दिने तथा प्रक्रियालाई जटिल बनाउने कार्यहरू निषेध गरिएको जनाएको छ।

शुक्रबार जारी गरिएको प्रेस विज्ञप्तिमा मन्त्रालयले सेवा प्रवाहका क्रममा हुने कुनै पनि प्रकारका अनियमितता, अवाञ्छित शुल्क असुली, बिचौलियाको संलग्नता तथा सेवाग्राहीलाई झन्झटमा पार्ने गतिविधि सहन नहुने स्पष्ट पारेको छ। यस्तो कार्यमा संलग्न जो–कोहीमाथि कडा कारबाही गरिने पनि चेतावनी दिइएको छ।

मन्त्रालयका अनुसार मातहतका विभाग, निकाय तथा कार्यालयहरूबाट प्रदान गरिने सेवाहरूलाई सरल, सहज, पारदर्शी र प्रभावकारी बनाउन यो निर्णय लागू गरिएको हो। सेवा प्रवाह सुधार गरी सेवाग्राहीलाई सहज अनुभव दिलाउने उद्देश्यले मन्त्रालयले यस्तो कदम चालेको जनाएको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    तयारी पोशाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाल तयारी पोशाक उद्योग संघका पदाधिकारीहरूसँग मंगलबार छलफल गर्ने भएका छन् । आज साढे ११ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल हुने जनाइएकाे छ ।भेटमा संघका अध्यक्ष पशुपतिदेव पाण्डे, प्रथम उपाध्यक्ष बसन्तराज अधिकारी, महासचिव भीमकुमारी गिरी, प्रमुख कार्यकारी अधिकृत सुयश खनाल तथा प्राविधिक सल्लाहकार प्रकाशकुमार

    Data is loading...

    Loading brands...

    Loading footer...