पशु बधशाला र मासु जाँच ऐन तीन सहरमा मात्र लागू

Author

सजिलो पत्रिका

२०८२ चैत २०, शुक्रबार

25
Share
Featured

काठमाडौँ

पशु बधशाला र मासु जाँच ऐन, २०५५ बनेको २७ वर्ष भइसक्दा पनि तीन सहरमा मात्र लागू भएको छ । तीन सहरमा पनि ऐन बनेको १० वर्षपछि मात्र लागू भएको हो । 

यो ऐन २०६५ जेठ १५ गतेदेखि मात्र लागू भएको हो । ऐनको दफा २ मा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको क्षेत्रमा मात्र ऐन लागू हुने उल्लेख छ । यो व्यवस्था अनुसार हालसम्म यो ऐन हेटौंडा, बुटवल र सुर्खेतमा मात्र लागू भएको भेटेरिनरी गुणस्तर तथा औषधि नियमन प्रयोगशालाका प्रमुख पशु चिकित्सक सुजन रानाले राससलाई जानकारी दिनुभयो । यो ऐन देशका सबै सहरमा लागू नहुँदा जनस्वास्थ्यमा यसको प्रभाव परेको पनि उहाँले बताउनुभयो । 

ऐनमा कार्यान्वयन गर्ने निकाय नरहेको र पशु सेवा विभागमा पनि ऐन कार्यान्वयनको एकाई गठन नभएकाले यस्तो अवस्था आएको प्रमुख पशु चिकित्सक रानाले बताउनुभयो ।  ऐन लागू नहुँदा खाद्य स्वच्छतामा प्रभाव पर्ने गरे पनि कार्यान्वयनमा सम्बन्धित निकायको ध्यान जान सकेको छैन । 

हाल मासु जाँच गर्न सक्ने प्राविधिक कर्मचारी पर्याप्त नभएकाले यसले जनस्वास्थ्यमा गम्भीर प्रभाव पार्न सक्नेतर्फ सरोकार भएका निकायका ध्यान जानुपर्ने प्रमुख पशु चिकित्सक राना बताउनुहुन्छ ।

यो समाचारमा

काठमाडौँहेटौंडासुर्खेत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...