नेपाल–भारतबीच सात सामुदायिक विकास परियोजनाका लागि समझदारी पत्रमा हस्ताक्षर

Author

सजिलो पत्रिका

२०८२ चैत १९, बिहिबार

21
Share
Featured

काठमाडौँ

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नेपालका लागि भारतीय राजदूतावासबीच सातवटा उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यान्वयनका लागि समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको छ।

हस्ताक्षर गरिएका परियोजनाअन्तर्गत नवलपुरको मध्यबिन्दु नगरपालिका–२ र तेह्रथुमको लालीगुराँस नगरपालिका–२ मा कोल्ड स्टोर निर्माण गरिनेछ। यस्तै, मुस्ताङको घरपझोङ गाउँपालिका–२ स्थित जनबल माध्यमिक विद्यालयमा विद्यालय भवन, छात्रावास र क्यान्टिन निर्माण गरिने योजना छ।

त्यसैगरी, कैलालीको गौरीगंगा नगरपालिका–११ मा श्रीकालिका आधारभूत विद्यालय भवन निर्माण गरिनेछ भने रौतहटको परोहा नगरपालिका–४ मा बर्थिङ सेन्टर निर्माण गरिनेछ। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ मा श्री कस्तुरी माध्यमिक विद्यालय भवन तथा बाँकेको खजुरा गाउँपालिका–४ मा श्री जनकल्याण माध्यमिक विद्यालय भवन निर्माण पनि यसै कार्यक्रमअन्तर्गत अघि बढाइनेछ।

भारतीय दूतावासका अनुसार यी सबै परियोजना स्थानीय तह तथा सम्बन्धित संस्थामार्फत कार्यान्वयन गरिनेछन्। भारत सरकारको अनुदान सहयोगमा शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई लक्षित गरी सञ्चालन हुने यी परियोजनाको कुल अनुमानित लागत ४७ करोड ३० लाख रुपैयाँ रहेको छ।

यो समाचारमा

कैलालीरौतहटबाँकेडोल्पा
काठमाडौँ5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वर्षाले विभिन्न राजमार्ग प्रभावित, यि सडकमा राति सवारी सञ्चालन गर्न नपाइने

    काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोले राजमार्ग प्रभावित भएका छन् । केही सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केहीमा राति सवारी सञ्चालनमा रोक लगाइएको छ ।नेपाल प्रहरीका अनुसार सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गरी काभ्रेपलान्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक खण्डमा हरेक दिन बेलुका

    Data is loading...

    Loading brands...

    Loading footer...