सरकारी सुधार निर्णयपछि राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी युनियन भङ्ग

Author

सजिलो पत्रिका

२०८२ चैत १५, आइतबार

16
Share
Featured

काठमाडौँ

नेपाल सरकारको मन्त्रिपरिषद्बाट स्वीकृत शासकीय सुधार सम्बन्धी एक सय कार्यसूचीअन्तर्गत राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी युनियनले आफ्नो विघटनको घोषणा गरेको छ।

युनियनका अध्यक्ष राजु ओलियाले आइतबार जारी गरेको सूचनाअनुसार उक्त युनियन आजैदेखि औपचारिक रूपमा भङ्ग गरिएको हो।

मन्त्रिपरिषद्को गत शुक्रबार बसेको बैठकले स्वीकृत गरेको शासकीय सुधार कार्यसूचीअन्तर्गत १२ नम्बर बुँदामा ‘प्रशासनिक सुधार, पुनर्संरचना र मितव्ययिता’ सम्बन्धी निर्णय उल्लेख गरिएको छ। सोही निर्णयलाई स्वागत गर्दै युनियनले आफ्नो संरचना विघटन गर्ने निर्णय गरेको जनाएको छ।

युनियनद्वारा जारी सूचनामा सरकारको २०८२ चैत १३ गतेको निर्णयअनुसार प्रशासनिक सुधार र पुनर्संरचना सम्बन्धी व्यवस्था कार्यान्वयनमा सहयोग पुर्‍याउने उद्देश्यले २०८२ चैत १५ गतेदेखि युनियन भङ्ग गरिएको जानकारी दिइएको छ।

यो समाचारमा

राष्ट्रिय परीक्षा बोर्डकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...