कुहिएका अवस्थामा थिङको शव भेटियो

Author

सजिलो पत्रिका

२०८२ चैत १५, आइतबार

16
Share
Featured

काठमाडौँ

विगत दुई सातादेखि हराइरहेका मकवानपुरको राक्सिराङ गाउँपालिका–५ निवासी ६१ वर्षीय कामीसिंह थिङ मृतावस्थामा फेला परेको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार थिङको शव जिल्लाको मनहरी–७ स्थित कालिका सामुदायिक वन उपभोक्ता समूहअन्तर्गत ठूलो खोल्सी क्षेत्रमा शनिबार साँझ फेला परेको हो । 

लामो समयदेखि मानसिक समस्या भोग्दै आएका थिङ गत गत फागुन २९ गते घरबाट बेपत्ता भएको जनाउँदै परिवारजनले खोजतलाशका लागि प्रहरीमा निवेदन दिएका थिए । थिङको खोजतलाश गर्ने क्रममा कुहिएको अवस्थामा शव फेला परेको प्रहरी नायब उपरीक्षक बोगटीले बताउनुभयो । 

सो घटनाको थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बोगटीले बताउनुभयो । 

यो समाचारमा

काठमाडौँमकवानपुर

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    परराष्ट्रमन्त्रीसँग अतिरिक्त सचिव महावरको शिष्टाचार भेट

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले आज उनको कार्यकक्षमा शिष्टाचार भेट गरेका छन्।त्यस अवसरमा उनीहरूबीच नेपाल–भारतबीच पारस्परिक हितका विविध क्षेत्रमा रहेको निकट तथा दीर्घकालीन सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।त्यसैगरी, परराष्ट्रसचिव अमृतबहादुरराईसँग पनि उनले आजै भेट गरे ।

    Data is loading...

    Loading brands...

    Loading footer...