केपी शर्मा ओली र रमेश लेखक को हिरासत म्याद थपका लागि अदालतमा १० दिनको माग

Author

सजिलो पत्रिका

२०८२ चैत १५, आइतबार

13
Share
Featured

काठमाडौँ

पूर्वप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले १० दिनको म्याद थप गर्न अदालतसँग अनुमति माग गरेको छ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख रामहरि काफ्लेका अनुसार दुवै जनालाई म्याद थपका लागि अदालतमा पेस गरिएको हो। उनीहरूविरुद्धको अनुसन्धानका लागि थप समय आवश्यक भएको भन्दै म्याद थप माग गरिएको बताइएको छ।

म्याद थपसम्बन्धी निवेदनमाथि जिल्ला अदालत काठमाडौँका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासमा सुनुवाइ भइरहेको छ। सो क्रममा केपी शर्मा ओली लाई स्वास्थ्य अवस्थाका कारण त्रिवि शिक्षण अस्पतालबाट भिडियो कन्फ्रेन्सिङमार्फत अदालतमा उपस्थित गराइएको छ।

अदालतले दुवै पक्षका कानुन व्यवसायीको बहसपछि म्याद थप गर्ने वा नगर्ने विषयमा आजै निर्णय गर्ने अपेक्षा गरिएको छ।

यो समाचारमा

रमेश लेखककाठमाडौँखड्गप्रसाद शर्मा ओली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वैदेशिक रोजगार कसुरमा फरार दुई प्रतिवादी पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रूकुम मुसिकोटका ४७ वर्षीय रामचन्द्र खड्का र रूकुम पूर्व पुथा उत्तरगङ्गाका ४८ वर्षीय पूर्णबहादुर मल्ल रहेका छन्।खड्कालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो। उनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणबाट गत

    Data is loading...

    Loading brands...

    Loading footer...