तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति शुद्धीकरण अनुसन्धान सुरु

Author

सजिलो पत्रिका

२०८२ चैत १५, आइतबार

17
Share
Featured

काठमाडौँ

तीन पूर्वप्रधानमन्त्रीहरूको सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान सुरु भएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचारका आधारमा पूर्वप्रधानमन्त्रीहरू शेर बहादुर देउबा, खड्गप्रसाद शर्मा ओलीपुष्पकमल दाहाल प्रचण्ड को सम्पत्तिमाथि अनुसन्धान अघि बढाइएको हो।

गृह मन्त्रालयका उच्च अधिकारीका अनुसार सो अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सञ्चालन गरिरहेको छ। अनुसन्धानका क्रममा पूर्वमन्त्री दीपक खड्कालाई नियन्त्रणमा लिएर हिरासतमा राखी सोधपुछ भइरहेको छ।

सीआईबीले खड्कालाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रको आधारमा नियन्त्रणमा लिएको हो। उनलाई अदालतबाट म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाइएको छ।

भदौ २४ गते भएको प्रदर्शनका क्रममा देउवा र दाहालको निवासमा आगजनी हुँदा जलेको रकम फेला परेको थियो। त्यस्तै पूर्वमन्त्री खड्काको घरबाट पनि जलेको नगद भेटिएको थियो। ती घटनापछि सम्बन्धित व्यक्तिहरूको चल–अचल सम्पत्ति, आम्दानी स्रोत र वित्तीय विवरणबारे विस्तृत अनुसन्धान गर्ने तयारी गरिएको छ।

यसैबीच, देउवाको बुढानीलकण्ठस्थित निवास भत्काउने प्रयास स्थानीय प्रशासनले रोक लगाएको छ। जेनजी प्रदर्शनमा क्षतिग्रस्त उक्त भवन भत्काएर नयाँ संरचना निर्माण गर्ने तयारी भइरहेका बेला जिल्ला प्रशासन कार्यालय काठमाडौँको निर्देशनमा काम रोकिएको हो। प्रहरीले भत्काउने कार्य रोक्दै त्यहाँ कार्यरत कामदारलाई हटाएको थियो। जलेको घरबाट फेला परेको डलर र नेपाली रुपैयाँ सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सङ्कलन गरी सुरक्षित राखेको छ।

यो समाचारमा

शेर बहादुर देउबापुष्पकमल दाहालखड्गप्रसाद शर्मा ओलीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...