कानूनमन्त्री सोविता गौतमको पहिलो निर्णय- गम्भीर अपराधका दोषीलाई कडा सजाय र पीडितलाई शीघ्र न्याय

Author

सजिलो पत्रिका

२०८२ चैत १३, शुक्रबार

15
Share
Featured
  • नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानून, न्याय तथा संसदीय मामिलामन्त्रीका रूपमा पदभार ग्रहण गर्दै गम्भीर अपराधमा दोषीलाई कारबाही र पीडितलाई शीघ्र न्याय दिलाउन कानुनी बाधा हटाउने पहिलो निर्णय गरेकी छन्।
  • जबरजस्ती करणी, हत्या, यौनजन्य हिंसा र बालबालिका विरुद्धका अपराधमा कडा सजाय सुनिश्चित गर्न मुलुकी अपराध संहिता' लगायतका कानुनमा सुधारका लागि अध्ययन कार्यदल गठन गरिएको छ।
  • कार्यदलको सिफारिसका आधारमा आगामी संसदीय अधिवेशनमा कानुन संशोधन अघि बढाउने र न्याय प्रणाली सुधारलाई तीव्र बनाउने प्रतिबद्धता मन्त्री गौतमले व्यक्त गरेकी छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले पदभार ग्रहण गर्दै गम्भीर अपराधका दोषीलाई कारबाही र पीडितलाई शीघ्र न्याय दिलाउन विद्यमान कानुनी बाधा हटाउने पहिलो निर्णय गरेकी छन्।

शुक्रबार मन्त्रालयमा पदवहालीका क्रममा मन्त्री गौतमले जबरजस्ती करणी, करणीपश्चात्को हत्या, यौनजन्य हिंसा र बालबालिका विरुद्धका अपराधमा संलग्नलाई कडा दण्ड सजाय सुनिश्चित गर्न 'मुलुकी अपराध संहिता' लगायतका कानुनमा देखिएका अवरोध हटाउन अध्ययन कार्यदल गठन गर्ने निर्णयमा हस्ताक्षर गरिन्।

उनले उक्त कार्यदलको सिफारिसका आधारमा आगामी संसदीय अधिवेशनमा आवश्यक कानुन संशोधनको प्रक्रिया अघि बढाउने जानकारी दिइन्। मन्त्री गौतमले न्याय प्रणालीलाई प्रभावकारी बनाउन र सुधार गर्नुपर्ने अन्य कानुनहरूलाई पनि तीव्र गतिमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेकी छन्।

यो समाचारमा

काठमाडौँसोबिता गौतम

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन र ब्रान्डिङमा सरकारले सघाउने- प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन, ब्रान्डिङ र बजार विस्तारका लागि सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने बताएका छन्। शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपाल (एफएमएएन) का पदाधिकारीहरूसँगको छलफलमा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।प्रधानमन्त्री शाहले आयात प्रतिस्थापन र रोजगारी सिर्जनाका लागि सरकारले

    Data is loading...

    Loading brands...

    Loading footer...