काठमाडौँ महानगरपालिका।
काठमाडौँ महानगरपालिकाले अहिले सडक सुरक्षाको क्षेत्रमा विशेष रुपमा लागिपरेर काम गरिरहेको हामीले देखिरहेका छौँ। विद्या सुन्दर शाक्य मेयर हुँदा नारायणगोपाल चोकमा महानगरले राखेको पहिलो ट्राफिक लाइट देखि लिएर, बालेन्द्र साह मेयर हुँदा विभिन्न वडाहरु मार्फत विभिन्न चोकहरुमा जडान गरिएका ट्राफिक लाइट, अनि पैदल यात्रुहरुको सुरक्षालाई लिएर सँवेदनशील भई काठमाडौ जिल्ला अदालत अगाडि राख्नु भएको विदेशकै झल्को दिने पेलिकन लाइट र अहिले आएर महानगरका विभिन्न स्कुल अगाडि राख्नु भएको पेलिकन लाइटहरु र साथसाथै overspeeding कम गर्ने उद्देश्यले जडान गर्नु भएको राडार स्पीड डिस्प्ले बोर्ड, टोल टोलमा जडान गरिएका speed breaker, विभिन्न सडकमा राखिएका road divider ले यहाँको कार्य क्षमतालाई महानगरवासीले त देखिसकेका नै छन्। यो कसरी सम्भव भयो? तपाईको टिमबारे पनि बताइदिनोस्।
नगरपालिकामा बालेन सर मेयरसापमा निर्वाचित भएर आउनुभए प्रश्चात पहिलो प्राथमिकता फोहोर व्यवस्थापान थियो । त्यसको काम तयारी सकिए लगतै मेयर सापले दोस्रो एजेण्डाको रुपमा सडक सुरक्षा र सडक व्यवस्थापनलाई राख्नु भयो र महानगरमा पहिलो पल्ट यातायात तथा सडक सुरक्षा स्वर्णिम अन्तर्गत शाखा स्थापना गरि लामो समय ट्राफिक प्रहरिमा फिल्डमा खटिएर अनुभव बटुल्नु भएका भुपु ट्राफिक मलाई (जनतमान श्रेष्ठ)प्रमुख सल्लाकारमा नियुक्त गर्नु भयो ।

शाखा सुरुवात भए लगतै हाम्रो पहिलो योजना बाटो र फुटपातको अतिक्रमण हटाउने थियो ।मकैपोल्ने ,चिया बेच्ने ,चटपट बेच्नको लागी फुटपाथ बनाएको होईन । सडक गुड्को लागी हो भने फुटपाथ पैदल यात्रीको लागी हो ।पहिलो चरणमा हामीले फुटपाथ र सडक किलिएर गर्नको लागी पार्किगंहरु ,मकै पोल्ने लगायतका फुटपाथ हटायौ । फुटपाथ र पार्किग हटाउदा हामीलाई गरिब मारा ,युरोप अमिरिका लगायतका देशमा पनि फुटपाथमा नै व्यापार गर्छन जस्ता विभिन्न आक्षेप लागे ,व्यापार गर्ने ठाउको व्यवस्थापन राज्यले गर्ने हो ,हामी स्थानिय तह भएकाले हामीले महानगर भित्रका जनताहरुको सेवा सुविधालाई ध्यान दिने हो । यसरी फुटपाथ र सडक किलिएर गरिसकेपछि सडक सुरक्षा शाखामा विभागिय प्रमुख लगाएत ट्राफिक ईन्जिनियर प्राविधिकहरु अनुबन्ध गरेर राम्रो सडकको ज्ञान भएको टिम बन्यो ,त्यसपछि जिल्ला अदालत अगाडी वटम थिचेर बाटो काट्ने ट्राफिक बत्ति पाईलट प्रोजेक्टको रुपमा राखियो ,सो प्रोजेक्ट सफल भएपछि काठमाण्डौ महानगरपालिका अन्तर्गतका ३६ स्कुल ,कलेज ,हस्पिटलमा बाटो काट्नको लागी पेलिकन क्रसिगं बत्ति जडान गरियो । खडकमा पेन्टहरु गर्न अत्याधुनिक मेसिनहरु खरुद प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।काठमाण्डौ महानगरपालिकाले १८ कि.मि मा क्ट्स आई ७००० पिस हालेको छ जसले गर्दा राती पनि मज्जाले चालकले लेन छुट्याउन सक्छ त्सयै गरि ४ ठाउमा स्पिड राडाएर डिस्प्ले हालेर डाटा लिने काम भैरहेको छ।विभिन्न बाटोहरुमा २५०० वटा ट्राफिक कोन र २५०० वटा नै पोल डेलिनेटर राखेर ठाउ ठाउमा आवश्कता हरेर वाटो एकतर्फी बनाएर सडक सुरक्षामा धेरै नै काम भएको छ।
२.त्यसो त संघको पनि सडक विभाग अन्तर्गत एउटा निकाय छ “सडक सुरक्षा तथा ट्राफिक युनिट महाशाखा “झट्ट हेर्दा तपाईहरुले संघको निकाय भन्दा पनि धेरै सडक सुरक्षा प्रति संम्वेदनशील भई नया नया प्रविधिहरु जडान गर्दै जानुभएको छ काठमाण्डौ वासिले महसुश गरिरहनु भएको छ ।संघको एकाई भएर पनि सडकले केहि गर्न सकेको छैन तपाईहरुले गरिरहनु भएको छ कसरी ?
न्युरोडको सडक बनाउने बिषयको बिवाद त कुन नेपालीलाई थाहा नहोला र ? सडक विभागले प्रत्येक पोलमा स.वि.लेखेर आफ्नो अधिकार क्षेत्र निर्धारण गरेको छ । सडक विभागले बनाएको बाटो भए पनि महानगरपालिका नि राज्य नै हो ?सडक विभाग विभागमा बजेटको अभाव ,कर्मचारी सरुवा र संमन्वय नभएको कुरा आफ्ने ठाउमा छ । सडक सुरक्षाको सवभन्दा ठुलो दाहित्व सडक विभाग र यातायात व्यवस्था विभागकै हो यसमा दुईमत छैन तर स्थानिय निकायले स्थानिय निकायले कार्य गर्दा छिटो भन्दा छिटो डेलिभरी दिने भएकाले महानगरले काम गरेको हो ।
३.तपाईलाई लाग्दैन तपाहरुले गर्नुभएको यत्रो मेहेनतको जुन सडक विभागले गरेको छैन त्यहि विभागले चाहेको खण्डमा तपाईहरुले गरेको सडक सुरक्षा सम्बन्धी कार्यहरु आफ्नो स्वामित्वमा ल्याउन सक्छ वा हत्याउन सक्छ ?
त्यो त जनताले मुल्याकंन गर्ने कुरा हो । सक्छ सडक विभागले उसको मातहतमा भएका सडकको पुर्वाधार हामीले गरेका कामहरुपनि आफ्नो मातहतमा ल्याउन सक्छ ।सडक विभाग टोल हो भने टोलको एउटा घर स्थानिय निकाय हो ।तर विस्तारै स्थानिय निकायले आफ्नो क्षेत्रधिकार भित्रको सडकहरु आफ्नो मातहतमा ल्याउन पहल गरिरहेको छ विस्तारै महानगर भित्रका सडकहरु हाम्रो मातहतमा आउछ । जनतालाई राम्रो हुने कुरा विभागले भन्दा महानगरले छिटो डेलिभरी दिने भएकाले समेत स्थानिय निकायला नै अधिकार दिनुपर्ने हुन्छ ।

४. तपाईलाई जानकारी छ छैन कामनपा वडा १,र ५ वडा लोत्से चोक र भाटभटेनि चोकमा जडान गरेको ट्राफिक बत्तिलाई सडक विभागले प्रतिस्थापन गर्न लागेको छ जवकि सो वत्तिको मर्मत लागी महानगरपालिकाले मर्मतको लागी बजेट पनि विनियोजन भईसकेको छ।अव के गर्नुहुन्छ ? यहा तालमेल नमिलेको हो ? कतै सडक विभागले तपाईहरुलाई पेल्न खोजेको त होईन ? यसो हो भने भोली तपाईले गर्नुभएको मेहेनत के होला ?
सडक र स्थानिय निकाय विच तालमेल नमिलेकै हो ।त्यसको ज्वलन्त उदाहरण न्युरोडको सडक पेटिमा भएको विवादले छलंगै बनाईहाल्छ । वडा ले वा सडक विभागले ट्राफिक वत्ति राख्दैमा जाम कम हुदैन जाम कम हुन बत्ति बत्ति विच समन्वय (सिक्रोनाईजेसन )हुनुपर्दछ ।लाईट लाईट विचमा आन्तरिक कोडिगं मिल्नु पर्दछ ।
सडक विभाग र जाईकाले केशरमहल ,लैनचौर ,खानी विभाग विच समन्वय पाईलट प्रोजेक्ट गरेको थियो सो सफल हुन नसकेर त्यसै बसेको छ । हाम्रो टिमले कोटेश्वर देखि कंलकि ,त्रिपुरेश्वर देखि नारायणगोपाल चोक अन्तर्गतका भित्रका ट्राफिक बतिको अध्ययन गरि महानगरको क्षेत्राअधिकारमा ल्याएर समन्वय (सिक्रोनाईजेसन) गराउने कामको तयारी गरिरहेको छ।
५. हामिले खोज्दै जादा के पायौ भने सडक विभागले सडक सुरक्षाको निम्ति खासै अनुसन्धान विश्लेषण गरेको पाएनौ ।तपाईको टिमले सडक सुरक्षामा के कस्तो अनुसन्धान तथा विश्लेषण गरिरहेको छ ?
हाम्रो टिमले सुरु देखिनै काठमाण्डौ बाटोहरुमा सडकसुरक्षा कसरी गर्न सकिन्छ भनेर अनुसन्धान गरिरहेका छौ ।सवारीको चाप ,कुन सवारी कति। गुड्छन। वस स्टप कति चाहिने हो ,कुन कुन बाटोलाई एकतर्फी बनाउने हो र सडकमा के के रोड फर्निचर चाहिन्छ सबै कुराको प्राविधिक अध्ययन र विश्लेषण गरेको छौ ।
६. हामिले हेर्दा ट्राफिक प्रहरीले सडकमा सुरक्षाको दृष्ट्रिकोणबाट हेर्ने हो भने गाडिहरुलाई मात्रै प्राथमिकतामा राखेर काम गरेको देखिन्छ । पैदल यात्री हरुको सुरक्षामा वहाहरुको खासै चासो देखिदैन यहाको बुझाईमा त्यो ठिक हो ?तपाईहरुले त धेरै ठाउमा ठाउमा पेलिकन क्रसिगंराखि सक्नु भएको छ के भन्नु हुन्छ
ट्राफिक प्रहरीलाई ट्राफिक म्यानेजमेटमा लगाउनु नै हाम्रो पहिलो गल्ति हो ।विश्वको कुनै पनि देशको ट्राफिकले ट्राफिक व्यवस्थापन गर्दैन ।ट्राफिकको काम enforcement मात्रै हो । नेपालमा रहेको ५४ -५५ लाख सवारीलाई हातले गरेर हुदैन ।हाम्रो बुझ्ने धारणा नै गलत नेपालको उच्चपदस्त अधिकारी ,यातायात व्यवस्था विभागका सचिवको पनि ट्राफिक प्रहरीले नै ट्राफिक व्यवस्थापन गर्ने बुझाई छ । यो बुझाईलाई परिवर्तन गर्नुपर्दछ ।ट्राफिक व्यवस्थापन ट्राफिक इन्जिनियर वा यातायात व्यवस्थापन विभागको। जिम्मेवारी हो ।ट्राफिक पर्हरीले सवारीको चाप भएको कारणले पैदल यात्रीलाई हेर्न नसकेको हो ।ट्राफिक प्रहरीलाई व्यवस्थापन दिनु हाम्रो लाचारीपन हो ।
७. ट्राफिक लाईट जस्तो बिषय शहरि व्यवस्थापन अन्तर्गत पर्ने बिषय हो ,स्मार्टसिटि को घटक हो महानगरले नै यसको आवश्कता अनुसार व्यवस्थापन गर्नु पर्ने हो जस्तो लाग्छ । सडक विभाग जस्तो विभागले राष्ट्रिय सडक ,पुल ,राजमार्ग ,लगाएतका ठुला हेर्नु पर्ने वेलामा एउटा पालिका एउटा चोकको मर्मत गर्न आफ्नो समय र स्रोत साधन खर्च गर्छ भने त्यो राज्यको स्रोत र साधनको दुरुपयोग वा अति न्युन प्रयोग होईन र? यसबारे के भन्नुहुन्छ ?
सडकले नगरको गर्ने काममा बाधा पुर्याउनु हुदैन समन्वय गरी अगाडी बढ्नु पर्छ ।महानगरको क भित्रका सम्पुर्ण सडकहरुको जिम्मा महानगरलाई दिनुपर्दछ । सडक विभागले ठुला योजना राजमार्गहरुमा वा आफ्नो स्रोत साधन नभएका स्थानिय तहमा काम गर्नुपर्ने। हुन्छ । आफ्नै स्रोत र साधन भएका स्थानिय तहलाई स्वतन्त्र काम गर्न दिनुपर्दछ । काठमाण्डौ महानगरपालिका जस्तो शहरी क्षेत्रलाई सडक विभाग खानेपानी लगाएतले अधिकार सुम्पिनुको विकल्प हुदैन यो बिषयमा कुरा कानी चल्दै छ ।सडक विभाग पनि सकारात्मक देखिएकाले चाडै महानगरले महानगरका सडकको पनि दाहित्व बोध गर्ने छ ।
८. तपाईहरुले प्रयोग गरिरहेको प्रविधि सबै विदेशमा निर्भर रहेको छ कि स्वदेशी प्रविधि पनि प्रयोग गर्नुभएको छ?
वालेन शाह मेयर भएर आईसकेपछि स्थानिय व्यक्ति स्थानिय उत्पादन स्थानिय प्रविधिलाई नै धेरै महत्व दिएकाले हामीले प्रयोग गरेको प्रविधि र प्राविधिक नेपाली नै हुन ।भलै यसमा लाग्ने केहि कम्पोनेन्टहरु विदेशबाट ल्याए पनि यो पुर्ण तया स्थानिय प्रविधि र प्राविधिकले नेपालमा नै बनाएका हुन ।हामीले युवालाई प्रोत्साहन गर्ने निति अन्तर्गत स्थानिय कम्पनि बढि महत्व दिएका छौ ।
९. अव उपरान्त तपाईका योजनाहरु के के छन ?
हामीले महानगर सडकसुरक्षामा विशेष अनुसन्धान गरिरहेका छौ ।सोहि अनुसन्धानको आधारमा पैदल यात्रीको सुरक्षा , ट्राफिक व्यवस्थानमा लगायत सुरक्षित सडकको लागी ट्राफिक बत्ति ,पेलिकन लाईट ,डेलिनेटर पोल ,क्याट आईहरु र सडकलाई एकतर्फि गरने योजना रहेको छ । साथै सडकसंग समन्वय गरि सडकहरुलाई आफ्नो मातहतमा ल्याएर स्थानिय जनताको आवश्कतालाई ध्यानमा राख्दै सडकलाई छिटो छरितो पुर्ण सुरक्षित बनाउने योजनामा छौ
१०. तपाईले रोजेका योजना के कारणले अब्बल छन ?यसले जनतालाई सोझै सकारात्मक असर पार्नेछन ?
हाम्रो काम जनताले महसुश गरिराख्नु भएको छ।जस्तो जिल्ला अदालत अगाडिको पेलिकन लाईट ,काठमाण्डौ को रोडहरुमा जडान गरिएका ट्राफिक फर्निचर ,आवश्कता अनुसार गरिएको एक तर्फी जसले स्थानियलाई धेरै सहज भएको छ ।हामीले गर्ने योजनाहरु अनुसन्धानमा आधारित हुने भएकाले पनि सकारात्मक प्रभाव पार्नेमा हामी विश्वस्त छौ ।