हवाई उद्धारमा बिरामीको व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन

Author

सजिलो पत्रिका

२०८२ चैत १०, मङ्गलबार

17
Share
Featured

काठमाडौँ

हेलिकप्टरमार्फत उद्धार गर्दा गम्भीर अवस्थाका बिरामीको सुरक्षित व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा स्वास्थ्यकर्मीका लागि तालिम सञ्चालन गरिएको छ । 

नेपाल मेडिसिटी अस्पतालले स्कटल्याण्डको इमर्जेन्सी मेडिकल रिट्रिभल सर्भिस (इएमआरएस)सँगको सहकार्यमा ‘एड्भान्स टे«निङ एण्ड टे«निङ फर ट्रेर्नस प्रोग्राम इन रिट्रिभल मेडिसिन’ तालिम सोमबारदेखि सञ्चालन गरेको हो । 

अस्पतालका इमर्जेन्सी तथा हाई अल्टिच्युड सर्भिस चिफ डा सञ्जय कार्कीले तालिम विशेषगरी हेलिकप्टरमार्फत उद्धार गर्दा गम्भीर अवस्थाका बिरामीको सुरक्षित व्यवस्थापन, स्थानान्तरण तथा उपचार प्रक्रिया सिकाइने बताउनुभयो । “बिरामीलाई कसरी सुरक्षित रूपमा सार्ने, हेलिकप्टरभित्र बिरामीको उचित अवस्थिति तथा यात्राको क्रममा आवश्यक हेरचाह कसरी गर्ने भन्ने विषयमा व्यावहारिक अभ्याससहित प्रशिक्षण प्रदान गरिनेछ,” उहाँले भन्नुभयो । 

नेपालमा हालसम्म सात वटा अस्पतालमा हेलिकप्टर अवतरण गराउन ‘हेली रुफ’ रहेका छन् । 

स्वास्थ्य तथा जनसङ्ख्या  मन्त्रालयका प्रवक्ता तथा स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाइ प्रमुख डा प्रकाश बुढाथोकीले आकस्मिक स्वास्थ्य उपचारका लागि सरकारले तालिम प्रदान गर्दै आएको बताउनुभयो  । “हामीसँग १०४ चिकित्सक तथा मेडिक्समात्र तालिम प्राप्त छन् । यो सङ्ख्या बढाउन हामीले एम्बुलेन्स चालक, टेक्निसियन आदिलाई तालिम दिँदै आएका छौँ । त्यस्तै, बेसिक सर्भाइभल ट्रेनिङ पनि प्रदान गर्दै आएका छौँ,” उहाँले भन्नुभयो । 

कार्यक्रममा स्कटल्याण्डका विशेषज्ञ प्रशिक्षक, स्विट्जरल्यान्ड, भारतजापानबाट आमन्त्रित चिकित्सकले पनि सहजीकरण गर्ने जनाइएको छ । नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा उपेन्द्र महतोले यस प्रकारका तालिमले नेपालका स्वास्थ्य संस्था तथा सरोकारवालाबीच सहकार्य सुदृढ गर्दै देशको स्वास्थ्य सेवा स्तर अन्तरराष्ट्रिय मापदण्डअनुरूप उकास्ने विश्वास व्यक्त गर्नुभयो । 

तालिममा पूर्व–अस्पताल सेवा तथा आकस्मिक चिकित्सा सेवामा संलग्न विभिन्न अस्पताल तथा संस्थाका करिब ३० जना स्वास्थ्यकर्मी र कर्मचारी सहभागी छन् । 

यो समाचारमा

स्विट्जरल्यान्डकाठमाडौँभारतजापान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    परराष्ट्रमन्त्रीसँग अतिरिक्त सचिव महावरको शिष्टाचार भेट

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले आज उनको कार्यकक्षमा शिष्टाचार भेट गरेका छन्।त्यस अवसरमा उनीहरूबीच नेपाल–भारतबीच पारस्परिक हितका विविध क्षेत्रमा रहेको निकट तथा दीर्घकालीन सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।त्यसैगरी, परराष्ट्रसचिव अमृतबहादुरराईसँग पनि उनले आजै भेट गरे ।

    Data is loading...

    Loading brands...

    Loading footer...