युरोपेली सङ्घ–अस्ट्रेलिया व्यापार सहमति

Author

सजिलो पत्रिका

२०८२ चैत १०, मङ्गलबार

13
Share
Featured
  • युरोपेली सङ्घ र अस्ट्रेलिया बीच लामो वार्तापछि स्वतन्त्र व्यापार सम्झौता सम्पन्न भयो, जसले खुला व्यापार र रणनीतिक साझेदारीलाई बलियो बनाउने लक्ष्य राखेको छ।
  • सम्झौतासँगै रक्षा सहकार्य विस्तार गर्ने सहमति भएको छ, जसमा सैन्य, साइबर सुरक्षा, समुद्री सुरक्षा र नवप्रवर्तन क्षेत्रमा सहयोग बढाइनेछ।
  • व्यापार सम्झौताअनुसार अस्ट्रेलियाली वाइन, समुद्री खाना लगायतका उत्पादनमा शुल्क हटाइनेछ भने केही विवादास्पद प्रावधान (जस्तै ‘प्रोसेको’ नाम प्रयोग) पनि समावेश छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

विश्वव्यापी आर्थिक अनिश्चितता र बढ्दो संरक्षणवादबीच युरोपेली सङ्घ (इयु) र अष्ट्रेलियाले बहुप्रतीक्षित स्वतन्त्र व्यापार सम्झौतामा अन्ततः सहमति जनाएका छन् । दुई वर्षअघि वार्ता टुटेको अवस्थाबाट फर्किंदै दुवै पक्षले व्यापार विस्तारसँगै नयाँ रक्षा साझेदारी घोषणा गरेका छन्, जसलाई बदलिँदो विश्व व्यवस्थामा रणनीतिक कदमका रूपमा हेरिएको छ ।

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन र अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले सन् २०१८ देखि जारी लामो वार्तापछि अस्ट्रेलियाको संसद् भवनमा सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । यसअघि अस्ट्रेलियाको रातो मासु बजार पहुँच र उत्पादनसम्बन्धी विवादका कारण सन् २०२३ मा वार्ता अवरुद्ध भएको थियो ।

दुवै नेताले नियममा आधारित खुला व्यापार प्रणालीलाई सुदृढ बनाउने उद्देश्यले यो सम्झौता गरिएको बताउनुभएको छ । भोन डेर लेयनले विश्वमा ठूला शक्तिहरूले करलाई दबाबका रूपमा प्रयोग गरिरहेको सन्दर्भमा यस्तो सहकार्य महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँका अनुसार खुला व्यापारले केवल आर्थिक मात्र नभई विश्वासमा आधारित सम्बन्ध पनि मजबुत बनाउँछ ।

अल्बानिजले पनि दुवै पक्ष स्वतन्त्र र निष्पक्ष व्यापारप्रति प्रतिबद्ध रहेको बताउँदै यसले सहभागी अर्थतन्त्रहरूलाई समृद्ध बनाउने धारणा व्यक्त गर्नुभयो । उहाँका अनुसार बदलिँदो विश्व सन्दर्भ र आपूर्ति शृङ्खलामा देखिएको जोखिमले वार्तालाई पुनः अघि बढाउन प्रेरित गरेको हो ।

यस सम्झौतासँगै दुवै पक्षले नयाँ रक्षा साझेदारी पनि घोषणा गरेका छन् । उक्त साझेदारीले सैन्य सहयोग, समुद्री सुरक्षा, साइबर सुरक्षा, रक्षा उद्योग र आतङ्कवादविरुद्धको सहकार्यलाई थप विस्तार गर्नेछ । साथै अस्ट्रेलियाले अनुसन्धान तथा नवप्रवर्तन कार्यक्रम ‘होराइजन युरोप’ मा सहभागी हुने प्रक्रिया अघि बढाउने सहमति भएको छ ।

अल्बानिजले यस सहकार्यले विश्वव्यापी चुनौतीहरू सामना गर्न साझा ढाँचा प्रदान गर्ने बताउँदै युक्रेनमाथि रूसको आक्रमणविरुद्ध समर्थनजस्ता विषयमा पनि साझा प्रतिबद्धता दोहो-याइएको जानकारी दिनुभयो ।

व्यापार सम्झौताअनुसार अस्ट्रेलियाका वाइन, समुद्री खाना र बागवानी उत्पादनहरूमा लाग्ने शुल्क हटाइनेछ । साथै इयुले अस्ट्रेलियाली रातो मासुका लागि ३० हजार ६०० मेट्रिक टनको कोटा उपलब्ध गराउनेछ । यसको ५५ प्रतिशत हिस्सा शुल्कमुक्त हुनेछ ।

तर केही प्रावधान विवादास्पद पनि रहेका छन् । उत्तरी इटालीसँग सम्बन्धित ‘प्रोसेको’ नाम प्रयोग गर्ने अस्ट्रेलियाली उत्पादकहरूलाई सम्झौता लागू भएको १० वर्षपछि उक्त नाम प्रयोग गर्न नपाइने व्यवस्था गरिएको छ ।

यो सम्झौता लागू हुने मिति भने अझै घोषणा गरिएको छैन । पूर्ण पाठ सार्वजनिक नभइसकेकाले यसको दीर्घकालीन प्रभावबारे विश्लेषण गर्न समय लाग्ने विज्ञहरूले बताएका छन् ।

अस्ट्रेलियन नेसनल युनिभर्सिटीका अर्थशास्त्री हेजल मोइरका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड जोन ट्रम्पद्वारा लागू गरिएका विश्वव्यापी कर नीतिहरूले युरोप र अस्ट्रेलियालाई नजिक ल्याउने काम गरेको हो । उहाँले यस्तो दबाबले दुवै पक्षलाई वैकल्पिक आर्थिक सहकार्य खोज्न बाध्य बनाएको बताउनुभयो ।

यसैबीच, इयुले दक्षिण अमेरिकी चार देशसँग गरेको अर्को स्वतन्त्र व्यापार सम्झौता पनि मे १ देखि लागू हुने तयारीमा रहेको छ, जसले विश्व व्यापार संरचनामा थप परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।

यो समाचारमा

डोनाल्ड जोन ट्रम्पअष्ट्रेलियारूसकाठमाडौँ
युक्रेन4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जोर्डन घटनापछि अमेरिका–इरान द्वन्द्व थप चर्कियो

    काठमाडौं । जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको घातक आक्रमणको बदला लिन अमेरिकाले इरानको अर्धसैनिक बल ‘रिभोलुसनरी गार्ड’का रणनीतिक सैन्य संरचनाहरूमाथि आइतबार भीषण हवाई आक्रमण गरेको छ। यससँगै होर्मुज जलसन्धिलाई केन्द्रमा राखेर जारी अमेरिका–इरान तनावले थप उग्र रूप लिएको छ।अमेरिकी सेनाको ‘सेन्ट्रल कमान्ड’का अनुसार यो कारबाहीमा पहिलो पटक रिभोलुसनरी गार्डका संरचनालाई

    Data is loading...

    Loading brands...

    Loading footer...