संसदीय राजनीतिबाट सन्यास लिने सीके राउतको घोषणा

Author

सजिलो पत्रिका

२०८२ चैत ०२, सोमबार

23
Share
Featured
  • सीके राउतले संसदीय (पदको) राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् र अब निर्वाचन वा पदको दौडमा सहभागी नहुने बताएका छन्।
  • उनले संसदीय राजनीति छाडे पनि संघर्षको राजनीति जारी राख्ने र Janamat Party लाई आवश्यक परेसम्म नेतृत्व गरिरहने बताएका छन्।
  • राउतले २०७९ को निर्वाचनमा पार्टीलाई राष्ट्रिय दल बनाउन सफल भएकोमा सन्तोष व्यक्त गर्दै २०८२ को चुनावमा अन्तिम समयमा मात्रै उम्मेदवारी दिएको बताएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतले संसदीय (पदको) राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन्। सोमबार सामाजिक सञ्जालमार्फत एक लामो सन्देश लेख्दै उनले आफू अब संसदीय निर्वाचन र पदको दौडबाट टाढा रहने स्पष्ट पारेका हुन्।

राउतले संसदीय राजनीति छाडे पनि 'संघर्षको राजनीति' जारी राख्ने र पार्टीलाई आवश्यकता रहेसम्म नेतृत्व दिइरहने बताएका छन्। "म संसदीय राजनीतिबाट टाढा रहनेछु तर यसको मतलब राजनीतिबाट बीचमै गायब भएको होइन," उनले भनेका छन्, "पार्टीलाई आवश्यकता रहेसम्म नेतृत्व दिँदै अगाडि बढाउने छु।"

उनले २०८२ को निर्वाचन नलड्ने पक्कापक्की भए पनि अन्तिम समयमा नेता-कार्यकर्ताको मनोबल घट्न नदिन उम्मेदवारी दिएको उल्लेख गरे। आफ्नो राजनीतिक यात्रा स्मरण गर्दै राउतले २०७५ सालमा पार्टी गठन गर्नुपरेको बाध्यता र २०७९ को निर्वाचनमा पार्टीलाई राष्ट्रिय दल बनाउन सफल भएकोमा सन्तोष व्यक्त गरे। राउत नेतृत्वको जनमत पार्टी २०७९ को आमनिर्वाचनबाट नेपाली राजनीतिमा एक निर्णायक शक्तिका रूपमा उदाएको थियो।

यो समाचारमा

चन्द्रकान्त राउतकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...