जुम्लामा ३३०. २८ हेक्टरमा डढेलोबाट वन क्षति

Author

सजिलो पत्रिका

२०८२ चैत ०२, सोमबार

20
Share
Featured

काठमाडौँ

जुम्ला जिल्लामा गत आर्थिक वर्षभर ३३०.२८ हेक्टरमा डढेलोेबाट वन क्षति भएको छ । डिभिजन वन कार्यालयका प्रमुख भरत बुढ्थापाका अनुसार उक्त वर्षमा २९ स्थानमा वन डढेलो लागेको र अनुमानित वन क्षेत्र करिब ३३० दशमलव २८ हेक्टर वन जङ्गल डढेलोबाट क्षति भएको बताउनुभयो ।

चालु आर्थिक वर्षको ८ महिनासम्म यहाँका आठवटै स्थानीय तहका विभिन्न ६ वटा स्थानमा डढेलो लागेको छ । अनुमानित १०० हेक्टर क्षेत्रमा डढेलोबाट वन क्षति भएको छ डिभिजन वन कार्यालय जुम्लाका प्रमुख बुढ्थापाको भनाइ छ ।

कार्यालयको आयोजनामा भएको वन सुरक्षा समन्वय समिति तथा सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम बोल्दै कार्यालय प्रमुख बुढ्थापाले वन डढेलो नियन्त्रणमा प्रभाकारिता, तीनै तहका सरकार र समुदायको सहभागिता भन्ने मूल नारासहित जुम्लामा वन डढेलो नियन्त्रणसम्बन्धी साप्ताहिक कार्यक्रम यही चैत १ देिख ७ गतेसम्म विभिन्न कार्यक्रम गरिने डिभिजन वन कार्यालय जुम्लाका  प्रमुख बढ्थापाले जानकारी दिनुभयो ।

बर्सेनि गर्मीयाममा हुने डढेलोले वन क्षेत्रमा क्षति पु¥याउँदै आएको छ । दमकल नपुग्ने विकट क्षेत्रमा लागेको आगो नियन्त्रण गर्न भने समस्या देखिने गरेको छ । वन संरक्षणमा सामुदायको महत्वपूर्ण भूमिका रहने सहायक प्रमुख जिल्ला अधिकारी मीनबहादुर रावलले जानकारी दिनुभयो ।

यो समाचारमा

जुम्लाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...