जन्म र मृत्यु संस्कारमा निःशुल्क खाद्य वितरणले स्थानीयबासी खुशी

Author

सजिलो पत्रिका

२०८२ फागुन २६, मङ्गलबार

22
Share
Featured

काठमाडौँ

नेपाल सरकारले साविकका कर्णालीका नागरिकलाई जन्म र मृत्यु संस्कार गर्न निःशुल्क रुपमा वितरण गर्दै आइरहेको प्रतिव्यक्ति ३० केजी चामल पछिल्लो समय प्रभावकारी बन्दै गएको छ ।

वितरण हँुदै आएको साबिकको कर्णालीका मुगु, कालिकोट, डोल्पा, जुम्लाहुम्लामा चामल निःशुल्क वितरण हँुदै आएको छ ।

तत्कालीन माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले २०७३ भदौ २३ गते संसदमा सम्बोधन गर्दै कर्णाली अञ्चलका नागरिकलाई जन्म र मृत्यु भएका आफन्तलाई सामाजिक संस्कार गर्न प्रतिव्यक्ति २० किलो चामल उपलब्ध गराउने घोषणा गरेका थिए ।

उक्त घोषणा फागुन १ गतेदेखि साबिकको कर्णालीका जिल्लामा कार्यान्वयनमा हँुदै आएसँगै आ.व २०८१।०८२मा पुनः सरकारबाट निर्णय गरी थप १० केजी खाद्यन्न बढाएर ३० केजी पुर्याइएको छ । दुरीको हिसावमा ढुवानी ज्याला समेत दिंदा स्थानीय खुशी समेत भएका छन् ।

खाद्यान्न हरेक आर्थिक वर्ष वितरण केन्द्रबाट आवश्यक प्रमाणपत्रसहित चामल वितरण गरिंदै आइएको छ । मान्छे जन्मदा र मृत्यू हुँदा सरकारबाट निःशुल्क खाद्यन्न पाउँदा आफूहरु खुशी रहेको छाँयानाथ रारा नगरपानिका वडा नम्बर १२ बामका पुतसिंह बढुवालले बताए ।

तर आवश्यक कागजपत्र मिलाउन निकै समस्या हुने गरेको सोरु गाँउपालिका ८ की रामदेबी नेपालीले दुखेसो गरिन् ।

सरकारबाट आर्थिक वर्ष ०७३÷०७४ बाट साबिकका कर्णालीका पाँच जिल्लामा बस्दै आएका नागरिकहरुलाई निःशुल्क बितरण गरिदै आएको खाद्यन्न निकै प्रभावकारी बन्दै आएको छ ।

यो समाचारमा

जुम्लाकाठमाडौँमुगुकालिकोट
पुष्पकमल दाहाल6 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    केही क्षेत्रमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

    काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आगामी दुई दिन केही प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै जल तथा मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि र पूर्वमा नेपालको तराई

    Data is loading...

    Loading brands...

    Loading footer...