चुनावमा हार प्राविधिक विषय मात्र हो, अभियान जारी रहन्छ- कुलमान घिसिङ

Author

सजिलो पत्रिका

२०८२ फागुन २६, मङ्गलबार

15
Share
Featured
  • उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले चुनावमा प्रत्यक्षतर्फ एक सिट पनि जित्न नसके पनि पार्टी अभियान जारी रहने बताएका छन्।
  • उनले हारलाई 'प्राविधिक विषय' मात्र ठानेर, जनताबाट प्राप्त माया र समर्थनलाई ऊर्जा र मार्गदर्शनका रूपमा मूल्याङ्कन गरेका छन्।
  • घिसिङले आगामी दिनमा सरकारले गर्ने राम्रा कामको समर्थन गर्ने र गलत काम भए सडकबाट रचनात्मक खबरदारी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हालै सम्पन्न निर्वाचनमा आफ्नो पार्टीले सोचेजस्तो नतिजा ल्याउन नसके पनि 'उज्यालो नेपाल' निर्माणको अभियान नरोकिने बताएका छन्। प्रत्यक्षतर्फ एक सिट पनि जित्न नसकेपछि प्रतिक्रिया दिँदै उनले चुनावको हारलाई 'प्राविधिक विषय' मात्र भएको टिप्पणी गरे।

घिसिङले छोटो समयमै जनताले दिएको माया र सद्भाव आफ्नो पार्टीका लागि ठूलो ऊर्जा र मार्गदर्शन भएको बताए। उनले परिवर्तनको अपेक्षासहित भारी जनमत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई शुभकामना दिँदै भने, "जनताको आर्थिक समृद्धि र सुशासनको आकाङ्क्षा पूरा गर्न उहाँहरू सफल होउन्।"

उनले आगामी दिनमा सरकारले गर्ने राम्रा कामको समर्थन गर्ने र गलत काम भएमा सडकबाटै रचनात्मक खबरदारी गर्ने स्पष्ट पारे। निर्वाचनको परिणामबाट निराश नभई आफ्नो पार्टी अझ सशक्त रूपमा अघि बढ्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे।

यो समाचारमा

उज्यालो नेपाल पार्टीकाठमाडौँकुलमान घिसिङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...