ताप्लेजुङ अपडेट: १२ बजेसम्म २५ हजार बढी मत खस्यो

Author

सजिलो पत्रिका

२०८२ फागुन २१, बिहिबार

20
Share
Featured
  • दिउँसो १२:१० बजेसम्म २८% मतदान, कुल २५,२२० मत खसेका छन्।
  • जिल्लाका ८० मतदान स्थलका १२७ केन्द्रमा शान्तिपूर्ण मतदान जारी।
  • फले, याङमा, घुन्सा र ओलाङचुङगोला जस्ता दुर्गम क्षेत्रका मतपेटिका मौसम अनुकूल भए हेलिकोप्टरमार्फत फुङलिङ ल्याइने।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

ताप्लेजुङ जिल्लामा बिहीबार दिउँसो १२:१० बजेसम्म २८ प्रतिशत मत खसेको छ। प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँका अनुसार हालसम्म कुल २५ हजार २२० मतदाताले आफ्नो मताधिकार प्रयोग गरिसकेका छन्, जसमा १३ हजार ८७२ पुरुष र ११ हजार ३४८ महिला रहेका छन्। जिल्लामा कुल ९० हजार ३२७ मतदाता रहेका छन्।

जिल्लाका ८० मतदान स्थलका १२७ वटै केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ। फक्ताङलुङ गाउँपालिकाका दुर्गम हिमाली क्षेत्रहरू फले, याङमा, घुन्सा र ओलाङचुङगोलामा पनि मतदान जारी छ। मौसम अनुकूल भएमा ती दुर्गम क्षेत्रका मतपेटिकाहरू आजै हेलिकोप्टरमार्फत सदरमुकाम फुङलिङ ल्याउने तयारी गरिएको प्रजिअ सेढाइँले जानकारी दिए। हाल सुरक्षा व्यवस्था कडा पारिएको छ र मतदान प्रक्रिया सुचारु रहेको छ।

यो समाचारमा

ताप्लेजुङकाठमाडौँ

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...