भयरहित वातावरणमा मतदान गरौँ, कांग्रेस सबैभन्दा ठुलो दल बन्दैछ : विश्वप्रकाश शर्मा

Author

सजिलो पत्रिका

२०८२ फागुन २१, बिहिबार

22
Share
Featured

काठमाडौँ

नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मतदान गरेका छन् । पूर्व सांसदसमेत रहेका शर्माले झापा क्षेत्र नम्बर १ मेचीनगर ९ कविशिरोमणि माविको मतदान केन्द्रमा बिहान ७ बजे मतदान गरेका हुन् ।

उनले सबैलाई भयरहित वातावरणमा मतदान गर्न आग्रह समेत गरेका छन् । उनले भनेका छन,‘बिहानै मतदान गरियो । यो लोकतन्त्रको सबैभन्दा सुन्दर अभ्यास हो । म अपेक्षा गर्दछु यो अभ्यासमा जति पनि मतदाता हुनुहुन्छ सम्भव भएसम्म आफ्नो विवेकलाई प्रयोग गर्नुहुनेछ । आवेगमुक्त भएर मतदाताले अबको देशको समाधानका लागि आफ्नो निर्णय दिनुहुनेछ ।’

कांग्रेसका केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजकसमेत रहेका उपसभापति शर्माले पार्टीको माहौल राम्रो रहेको प्रतिक्रिया दिएका छन् । उनले भने, ‘म नेपाली कांग्रेस पार्टीको एउटा प्रतिनिधिको रूपमा अहिले मतदान गरिरहँदै गर्दा निश्चय नै नेपाली कांग्रेस पार्टीको चुनाव चिन्ह रूखमा मतदान गरेको छु । र अपेक्षा गर्दछु नेपाली कांग्रेस पार्टी सबैभन्दा ठुलो दलका रूपमा निर्वाचनबाट विजयी हुँदैछ ।’

कांग्रेसको माहौलबारे उनले थप भने, ‘निर्वाचन अभियानका क्रममा करिब ४०—४५ जिल्ला सातै ओटा प्रदेशका सुदूरपश्चिमको डोल्पादेखि दिएर सुदूर पूर्वको सोलु पाँचथरसम्म मनाङदेखि लिएर मधेसको महोत्तरीसम्म पुगिरहँदै गर्दा नेपाली कांग्रेसको पक्षमा माहौल देखिएको छ । यो अभ्यासमा कहीँ पनि देशभरि आवेग र उत्तेजना बेगर सबैलाई मतदान गर्नलाई राजनीतिक दलहरूलाई सद्भावपूर्ण वातावरणमा भयरहित वातावरणमा सहयोग गर्नमा लागि म अपिल गर्न चाहन्छु ।’

यो समाचारमा

नेपाली काँग्रेसविश्वप्रकाश शर्माकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...