आचारसंहिता उल्लंघनको आरोपमा टिकटकर रतन कार्कीसँग प्रहरीको सोधपुछ

Author

सजिलो पत्रिका

२०८२ फागुन २०, बुधबार

20
Share
Featured
  • युट्युबर रतन कार्कीलाई निर्वाचन आचारसंहिता उल्लंघनको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएर सोधपुछ गरेको छ।
  • ‘मौन अवधि’मा विभिन्न उम्मेदवारको पक्षमा सामाजिक सञ्जालमार्फत प्रचार गरेको आरोपमा उनलाई पोस्टहरू हटाउन निर्देशन दिइएको थियो।
  • आचारसंहिता विपरीतका सामग्री हटाएपछि प्रहरीले उनलाई रिहा गरेको जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा चर्चित टिकटकर तथा युट्युबर रतन कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको छ। प्रतिनिधि सभा सदस्य निर्वाचनको 'मौन अवधि' मा विभिन्न उम्मेदवारहरूको पक्षमा प्रचारप्रसार गरी सामाजिक सञ्जालमा भिडियो र तस्बिरहरू पोस्ट गरेको भन्दै उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले सोधपुछ गरेको हो।

प्रहरीका अनुसार सोधपुछका क्रममा कार्कीलाई आचारसंहिता विपरीतका सामग्रीहरू हटाउन निर्देशन दिइएको थियो। उनले आफ्ना सामाजिक सञ्जालबाट ती पोस्टहरू हटाएपछि प्रहरीले उनलाई रिहा गरेको छ।

लामो समय जापानमा बसेर केही दिनअघि मात्रै नेपाल फर्किएका कार्कीले टिकटक, फेसबुक र युट्युबमार्फत चुनावी माहोलका भिडियोहरू सार्वजनिक गर्दै आएका थिए। मौन अवधिमा कुनै पनि माध्यमबाट उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार गर्न नपाइने निर्वाचन आयोगको नियम उल्लंघन गरेको पाइएपछि प्रहरीले उनलाई निगरानीमा लिएको थियो।

यो समाचारमा

प्रतिनिधि सभाकाठमाडौँजापान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    जनकपुरधाम : यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब ५८ प्रतिशत खेतीयोग्य जग्गामा धान रोपाइँ भएको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका अनुसार असारसम्ममा मधेस प्रदेशमा कुल क्षेत्रफलको ५७ दशमलव ९३ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो । त्यसमध्ये सबैभन्दा बढी सिरहामा ८० प्रतिशत क्षेत्रफलमा

    Data is loading...

    Loading brands...

    Loading footer...