सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज

Author

सजिलो पत्रिका

२०८२ फागुन १९, मङ्गलबार २१:५६

22
Share
Featured

काठमाडौँ

नेपाली सेनासहितका सुरक्षा निकायले सुरक्षा व्यवस्था चुस्त तुल्याइएका निर्धक्क भएर प्रतिनिधिसभा सदस्य निर्वाचनमा सरिक हुन आममतदातालाई अनुरोध गरेका छन् ।

सैनिक प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले एकीकृत सुरक्षा अवधारणाअनुरूप सबै निकायसँग समन्वय र सहकार्य गरी निर्वाचनलाई सुरक्षित तरिकाले सम्पन्न आवश्यक तयारी र तैनाथी भइसकेको स्पष्ट पार्नुभयो ।

प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा आज रासससँगको कुराकानीमा उहाँले सुरक्षित वातावरणमा निर्वाचन सम्पन्न गराउन नेपाली सेनासहितका सुरक्षा फौज परिचालित भई कार्य क्षेत्रमा खटिइसकेको बताउनुभयो ।

यही फागुन २१ गते मुलुकभर एकैचरणमा प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । निर्वाचन सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, एक हजार ९२१ राष्ट्रिय अनुसन्धानका कर्मचारी र एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटिइएका छन् ।

नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले देशभरका सबै मतदान स्थलमा निर्वाचन अधिकृत, निर्वाचन सामग्रीसहित नेपाल प्रहरीको टोली पुगिसकेको जानकारी दिनुभयो ।

मौनअवधिमा निर्वाचन विरोधी गतिविधि गर्ने, सामाजिक सञ्जालको दुरूपयोगलगायतका गतिविधि रोक्न सम्पूर्ण प्रहरीलाई विशेष निर्देशन दिइएको जानकारी दिँदै उहाँले त्यस्ता गतिविधिमा लाग्ने व्यक्तिको पहिचान, नियमन र नियन्त्रण गरी संलग्नलाई कारबाही गर्न खटाइसकेको बताउनुभयो ।

प्रवक्ता काफ्लेले निर्धक्क भएर अमूल्य मत दिन आग्रह गर्नुभयो । उहाँका अनुसार देशभर २०० को सङ्ख्यामा रहेका साइबर प्रहरीले सामाजिक सञ्जालको निगरानी गरी त्यसखालको दुरूपयोग हटाउन सक्रिय रहेका छन् । त्यसक्रममा ३४ जना पक्राउ परेका छन् ।

निर्वाचन विरोधी गतिविधिमा संलग्न पनि धमाधम पक्राउ परिरहेको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्ट चारवटै सुरक्षा निकाय निकाय समन्वयात्मकरूपमा परिचालित भई सुरक्षा व्यवस्था मजबुद बनाइएको बताउनुभयो । “धेरै स्थानमा गस्ती तथा ‘चेकप्वाइन्ट’मार्फत निर्वाचन विरोधी गतिविधि रोक्न परिचालित भएका छौँ”, उहाँले भन्नुभयो ।

सूचनाको विश्लेषण गरी एकीकृत सुरक्षा योजनाअनुसार थप सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिँदै प्रवक्ता भट्टले ढुक्क भएर आफ्नो मताधिकार प्रयोग गर्न अनुरोध गर्नुभयो ।

एक सय ६५ वटै निर्वाचन क्षेत्रमा सशस्त्र प्रहरीको सुरक्षा वेस स्थापना भएका छन् । फागुन ७ गतेदेखि सबै क्षेत्रमा नियमित गस्ती टोली खटिइएका छन् । यसअघिको निर्वाचनको संवेदनशीलता हेरेर सुरक्षा विश्लेषण गरी मजबुत तुल्याइएको प्रवक्ता भट्टले जानकारी दिनुभयो ।

यस्तै सीमावर्ती क्षेत्रमा हुनसक्ने अवाञ्छित गतिविधि रोक्न विशेष निगरानी गरिएको र गए रातिदेखि अन्तरराष्ट्रिय सीमानाका बन्द भएको उहाँले जानकारी दिनुभयो ।

 धमाधम मतदान केन्द्र व्यवस्थापन गरिँदै

यसैबीच, मतदान कार्यमा खटिएका कर्मचारी र सुरक्षाकर्मीसहितको टोली आज मतादन केन्द्र व्यवस्थापनमा जुटेको छ । निर्वाचनका लागि प्राप्त निर्वाचन सामग्री र स्थानीय स्रोतसाधन सङ्कलन गरी मतदान केन्द्र र मतदान स्थल निर्माण गरिएको छ ।

कतिपय स्थानमा आज सर्वदलीय बैठकसमेत सम्पन्न भएका छन् । काठमाडौँका मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले मतदान केन्द्र निर्माण, सर्वदलीय बैठकलगायतका व्यवस्थापकीय काम धमाधम भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सम्पूर्ण मतदान अधिकृतले मतदान सामग्री सम्पूर्णरूपमा बुझिसकेका छन् । भोलि सबै मतदान केन्द्र तयार हुन्छन् । फागुन २१ गते बिहान ७ः०० देखि साँझ ५ः०० बजेसम्म मतदान हुनेछ ।”

यो समाचारमा

काठमाडौँकाठमाडौँ

ट्यागहरू

#मतदान केन्द्र व्यवस्थापन#प्रतिनिधिसभा सदस्य निर्वाचन#नेपाल प्रहरी#सुरक्षा निकाय#नेपाली सेना#सुरक्षा व्यवस्था

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    sajilo patrika

    कोशी प्रदेशमा एक लाख ३१ हजार मत बदर

    समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

    घण्टीको गर्जन र ’बालेन’ लहरः पुराना दलको ’साम्राज्य’ अन्त्य भएकै हो ?

    खोटाङमा श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो

    भर्खरै

    News Image

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    News Image

    स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन र ब्रान्डिङमा सरकारले सघाउने- प्रधानमन्त्री शाह

    News Image

    साउने संक्रान्तिमा लुतो फालेझैँ राजनीतिक विकृति फालौँ- भीष्मराज आङ्देम्बे

    News Image

    करार कर्मचारीको व्यवस्थापनमा सरकारको नयाँ मापदण्ड, पेन्सनमा रहेकालाई बिदाइ गरिँदै

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू