निर्वाचन बिदा र महिला दिवसमा पनि सर्वोच्च अदालत खुला रहने

Author

सजिलो पत्रिका

२०८२ फागुन १९, मङ्गलबार

16
Share
Featured
  • प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का सार्वजनिक बिदा र अन्तर्राष्ट्रिय महिला दिवसमा पनि सर्वोच्च अदालत नेपाल खुला रहने निर्णय गरिएको छ।
  • अदालत फागुन २०–२३ (निर्वाचन बिदा) र २४ गते (महिला दिवस) बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म सेवा सञ्चालन गर्नेछ, विशेषगरी बन्दीप्रत्यक्षीकरण रिट निवेदनको सुनुवाइका लागि।
  • अदालतले सम्बन्धित पक्षलाई तोकिएको समयमा उपस्थित भई कानुनी प्रक्रिया अघि बढाउन आग्रह गरेको छ, किनभने बन्दीप्रत्यक्षीकरण व्यक्तिगत स्वतन्त्रता र मौलिक हकसँग प्रत्यक्ष सम्बन्धित छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि सरकारले दिएको सार्वजनिक बिदा र अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा पनि सर्वोच्च अदालत खुला रहने भएको छ। विशेषगरी बन्दीप्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइलाई निरन्तरता दिन अदालतले निश्चित समयका लागि सेवा सञ्चालन गर्ने निर्णय गरेको हो।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार यही फागुन २० गतेदेखि २३ गतेसम्म (निर्वाचन बिदा) र २४ गते (अन्तर्राष्ट्रिय महिला दिवस) का दिन बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म अदालत खुला रहनेछ।

बन्दीप्रत्यक्षीकरणको रिट निवेदन व्यक्तिको व्यक्तिगत स्वतन्त्रता र मौलिक हकसँग प्रत्यक्ष सम्बन्धित विषय भएकाले सार्वजनिक बिदाका दिन पनि सुनुवाइको व्यवस्था मिलाइएको अदालतले जनाएको छ। अदालतले सम्बन्धित पक्षलाई तोकिएको समयमा उपस्थित भई कानुनी प्रक्रिया अघि बढाउन आग्रह गरेको छ।

यो समाचारमा

सर्वोच्च अदालतकाठमाडौँप्रतिनिधि सभा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन र ब्रान्डिङमा सरकारले सघाउने- प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन, ब्रान्डिङ र बजार विस्तारका लागि सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने बताएका छन्। शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपाल (एफएमएएन) का पदाधिकारीहरूसँगको छलफलमा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।प्रधानमन्त्री शाहले आयात प्रतिस्थापन र रोजगारी सिर्जनाका लागि सरकारले

    Data is loading...

    Loading brands...

    Loading footer...