रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना : मृतकको संख्या दुई पुग्यो

Author

सजिलो पत्रिका

२०८२ फागुन १८, सोमबार

23
Share
Featured

काठमाडौँ

रामेछापको रामेछाप नगरपालिका २ देउरालीमा सोमबार कर्मचारी सहित निर्वाचनका सामाग्री बोकेको गाडी दुर्घटनामा परी मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

दुर्घटनामा परी ज्यान गुमाउनेमा नेपाल प्रहरीका असई आरपी यादव र वडा कार्यालय भवन रामेछाप नगरपालिका ३ साँघुटार मदतान केन्द्र ख का मतदान अधिकृत डोरप्रसाद घिमिरे रहेका छन् । घिमिरे मन्थली नगरपालिका, रामेछाप ६ रुद्राक्षेश्वर मावि मुगिटारका निमावि द्वितिय शिक्षक हुन् ।

रामेछाप नगरपालिका २ देउरालीको सितलादेवी मावि र वडा नं ३ साँघुटारको वडाकार्यालय मतदान केन्द्रका कर्माचारी र निर्वाचन सामाग्री लिएर गएको निसान कम्पनीको मिनिट्रक देउरालीके सिरुवारीमा ब्याक गर्ने क्रममा दुर्घटनामा परको स्थानीयले जानकारी दिएका छन् ।

दुर्घटनामा परी अन्य ५ जना घाइते भएका छन् । घाइतेलाई उद्धार नेपाली सेनको हेलिकप्टरबाट काठमाडौं पठाइएको जिल्ला प्रही कार्यालय रामेछापका इन्सपेक्टर राजनप्रसाद तिमल्सिनाले जानकारी दिए । घाइते हुनेमा २ पुरुष र ३ महिला छन् ।

यो समाचारमा

काठमाडौँमन्थली नगरपालिका, रामेछापरामेछापरामेछाप नगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...